बञ्चरोले हानेर भाइको हत्या आरोपमा दाइ पक्राउ
मेरोन्यूज
२०८२ असार १३ गते १९:५२

अर्घाखाँची। अर्घाखाँचीमा बञ्चरो प्रहार गरी सहोदर दाइले भाइको हत्या गरेका छन् । शितगङ्गा नगरपालिका–६ पाखापानी निवासी ४२ वर्षीय विष्णुबहादुर वादीले आफ्नै ३२ वर्षीय भाइ बमबहादुर वादीको बञ्चरो प्रहार गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी नायब उपरीक्षक चक्रबहादुर मल्लले जानकारी दिए ।
घटना घटाएर फरार रहेका अभियुक्तलाई भाग्ने क्रममा इलाका प्रहरी कार्यालय ठाडाबाट खटिएको प्रहरीको टोलीले नियन्त्रणमा लिएको प्रहरी नायब उपरीक्षक मल्लको भनाइ छ ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
सम्बन्धित














भरतपुरको मुहार फेरेर बिदा लिँदै मेयर ‘रेनु दाहाल’
उम्मेदवारको प्रस्तावित सूचीबाट आफ्नो नाम हटाउन कांग्रेस नेता खड्काकोआग्रह
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
नेपाली अलराउन्डर क्रिकेट खेलाडी गुलशन झालाई एस जिको एकवर्षे प्रायोजन
हाफ म्याराथनको उपाधि गुरुङलाई
गगन-विश्वप्रकाश पाँच वर्षका लागि कांग्रेसबाट निष्कासित
निष्कासनपछि गगन थापाले भने– कांग्रेस कसैको निजी कम्पनी होइन
सहमतिमै नयाँ नेतृत्व चयन गर्न कमलपोखरीमा छलफल हुँदै, गगन पनि पुगे
सुनचाँदीको मूल्यमा दिनदिनै नयाँ रेकर्ड, आज ताेलाकाे कति ?
प्रतिक्रिया