शनिबार, पुष ५, २०८२

नेकपा (एमाले) मा गुटबन्दी अन्त्य हुनुपर्ने: लेखराज भट्ट

मेरोन्यूज २०८२ असार १४ गते २१:५०

गोदावरी (कैलाली)। नेपाल कम्युनिष्ट पार्टी (एमाले)का सचिव तथा सुदूरपश्चिम प्रदेश प्रमुख लेखराज भट्टले पार्टीभित्रको गुटबन्दी अन्त्य गर्नुपर्नेमा जोड दिएका छन् ।

मदन भण्डारी फाउन्डेसनले आज सुखडमा ‘जनतासँग जबजको सान्दर्भिकता’ विषयमा आयोजना गरेको विचारगोष्ठीमा उहाँले पार्टीभित्रको गुटबन्दी अन्त्य हुनुपर्ने र एकता कायम गर्नुपर्नेमा बताए ।

उनले एमाले कमजोर हुँदा देश विकासका गतिविधि प्रभावित हुने बताए । सचिव भट्टले भने, “हामीले जनताको बहुदलीय जनवाद भनिरहेका छौँ तर त्यसलाई व्यवहारमा उतारेका छौँ या छैनौँ समीक्षा गर्नुपर्ने बेला भएको छ ।”

प्रतिक्रिया