आज २०८२ साल असार १६ गते सोमबारको राशिफल

काठमाडौं – आज २०८२ साल असार १६ गते सोमबार। असार शुक्ल पक्षको पञ्चमी तिथि। तदनुसार सन् २०२५ जुन ३० तारिख। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ।
मेष : कार्यक्षेत्रमा रोकिएका कार्य प्रारम्भ हुनेछन्| युवाहरूलाई प्रेम सम्बन्धमा सफलता मिल्नेछ। भौतिक संसाधन जुटाउने वा दिगो फाइदा हुने योजनाहरू बन्नेछन्। साथीभाईहरूसँग रमाइलो समय बित्नेछ। आजको शुभ रंग पहेलो हो भने शुभ अंक १ रहेको छ।
वृष : पारिवारिक सद्भाव बढ्नेछ। आत्मविश्वासको कमीले कार्यक्षेत्रमा पछाडि परिनेछ। सानो प्रयासले पनि कार्य सम्पन्न हुनेछ। फजुल खर्चबाट बच्नुहोला। आजको शुभ रंग हरियो हो भने शुभ अंक ३ रहेको छ।
मिथुन : व्यापार व्यवसायमा नयाँ निर्णय लिनुभन्दा अघि शुभचिन्तकहरूसँग सल्लाह अवश्य लिनुहोला। धैर्यताको कमीले कार्य बिग्रिन सक्ला सावधान रहनुहोस्। प्रेम सम्बन्ध सुमधुर रहनेछ। आजको शुभ रंग सेतो हो भने शुभ अंक २ रहेको छ।
कर्कट : बोलिको माधुर्यताले सम्बन्ध मधुर बन्नेछ। कार्यक्षेत्रमा नयाँ योजना बनाउनतर्फ ध्यान केन्द्रित गर्ने समय रहेको छ। सञ्चित धनमा वृद्धि हुनेछ। आजको शुभ रंग हरियो हो भने शुभ अंक ४ रहेको छ।
सिंह : आज केहि भावनात्मक चञ्चलता रहनेछ। परिवारसँग सुदृढ सम्बन्ध बनाउने अनुकुल समय रहेको छ। चिताएका कार्य सम्पादन हुनेछन्। आजको शुभ रंग हल्का रातो हो भने शुभ अंक ५ रहेको छ।
कन्या : सामाजिक सञ्जालमा सक्रियता बढ्नेछ। वैदेशिक रोजगार लाभदायी रहनेछ। स्वास्थ्यलाई लिएर खानपिनमा सजगता अपनाउनुहोस्। अवसरवादीहरूबाट सावधान रहनुहोला। आजको शुभ रंग कलेजी हो भने शुभ अंक २ रहेको छ।
तुला : कार्यप्रति कर्तव्य बोध र लगाव देखिनेछ। उच्च पदस्थ व्यक्तिहरूसँग भेटघाटका योग छन्। रोकिएका कार्य पुनः प्रारम्भ हुनेछन्। व्यापार व्यवसायमा परिवारको साथ र सहयोग मिल्नेछ। आजको शुभ रंग हरियो हो भने शुभ अंक ४ रहेको छ।
वृश्चिक : मानसिक ऊर्जा उच्च रहनेछ। कार्यक्षेत्रमा पिताको सहयोग मिल्नेछ। सृजनात्मक योजनाहरूमा समय दिन सकिनेछ। स्वास्थ्य सबल रहनेछ। आजको शुभ रंग केशरी हो भने शुभ अंक ३ रहेको छ।
धनु : नयाँ कार्यप्रति मन जानेछ। आफन्तहरूसंग स्वादिष्ट भोजनको प्राप्ति होला। सम्बन्धमा स्पष्टता आवश्यक देखिएकोछ। आर्थिक पक्षले चिन्ता लिएर आउनेछ। आजको शुभ रंग आकाशे हो भने शुभ अंक ८ रहेको छ।
मकर : सकारात्मक सोचमा नयाँ ज्ञान प्राप्तिका योग छन्। विद्यार्थीहरूलाई उच्च शिक्षाको लागि नयाँ अवसर प्राप्त हुनेछ। परीक्षाको परिणाम अनुकुल आउनाले मन प्रसन्न रहनेछ। आजको शुभ रंग निलो हो भने शुभ अंक ९ रहेको छ।
कुम्भ :यात्रा गर्दा आफ्नो सामानको जिम्मेवारी स्वयं राख्नुहोला। पहिलाका केही कुराले मन अलमलिन सक्छ। धर्मकर्म र अध्यात्ममा मन जानेछ। आजको शुभ रंग खैरो हो भने शुभ अंक ८ रहेको छ।
मीन : प्रतियोगी परीक्षामा सफलता मिल्नेछ। महत्वपूर्ण निर्णयहरू सम्पादन हुनेछन्। प्रशासनिक वा राज्यपक्षबाट सहयोग मिल्ला। विद्यार्थीहरूको तर्कशक्तिमा वृद्धि हुनेछ। आजको शुभ रंग बैजनी हो भने शुभ अंक १ रहेको छ।









रसुवागढीस्थित सुख्खा बन्दरगाहको सफाइ
चीनमा रेल दुर्घटना हुँदा ११ जनाको मृत्यु
Issues instigating conflict being kept under control: Home Minister Aryal
सुमित बर्माको अर्धशतकमा पोखराले जनकपुरलाई दियो १५६ रनको लक्ष्य
१० अंकले बढ्यो नेप्से, ६ अर्ब ६६ करोडकाे काराेबार
के पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानको जेलभित्रै हत्या भएकाे हाे ?
आज २०८२ साल मंसिर ९ गते मंगलबारको राशिफल
प्रधानसेनापतिद्वारा सहायक रथीलाई दर्ज्यानी चिन्ह प्रदान
संयुक्त राष्ट्रसङ्घका मानवअधिकार प्रमुखद्वा्रा ‘जेनेरेटिभ एआई’ ले ल्याउनसक्ने समस्याबारे चिन्ता व्यक्त
सर्वोच्च अदालत आगजनी गर्ने पाँच जना पक्राउ
प्रतिक्रिया