यी हुन् कांग्रेस बैठकका १३ एजेन्डा

काठमाडाैं। नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक सुरु भएको छ । पार्टी मुख्यालय सानेपामा बैठक सुरु भएको हो ।
बैठकका विभिन्न १३ एजेन्डा छन् ।
यी हुन् कांग्रेस बैठकका एजेन्डा–
१. १०० दिने अभियानका प्रतिवेदनहरू
२. केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको निर्देशिका संशोधन
३. केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको प्रतिवेदन प्रस्तुत
४. अनुशासन समितिको प्रतिवेदन
५. क्रियाशील सदस्यता नवीकरण प्रगति विवरण
६. केही भ्रातृसंस्थाबारे निर्देशक समितिको रायका आधारमा उपयुक्त निर्णय
७. नेपाली जनसम्पर्क समितिको व्यवस्थापन र विस्तार सम्बन्धमा
८. नेपाली कांग्रेसको शुभेच्छुक संस्थाको रूपमा मान्यता प्राप्त नेपाल लोकतान्त्रिक यातायात व्यवसायी संघ र नेपाल लोकतान्त्रिक संस्थागत तथा निजी विद्यालय शिक्षक संघ (निस्टा)को नाम संशोधन सम्बन्धमा
९. कार्यसम्पादन समिति बैठकको निर्णय अनुमोदन
१०. जनप्रतिनिधि कार्यसम्पादन निर्देशिका पारित गर्ने सम्बन्धमा
११. संसद र सरकारमा पार्टीको भूमिका प्रभावकारिता (माननीय मन्त्रीहरूको प्रतिवेदनसहित छलफल)
१२. समसामयिक बिवाय (राजनैतिक, सामाजिक, शैक्षिक, प्रशासनिकलगायत)
१३. विविध ।









यी हुन् एमाले महाधिवेशनमा मतदान नगर्ने प्रतिनिधि
एमाले महाधिवेशनको मतदान सकियो: खस्यो २२२७ मत, ३६ अनुपस्थित
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
यस्ता छन् क्रिकेटको महाकुम्भ एनपिएलमा बनेका रोचक तथ्य र ‘रेकर्ड’
ओली समूहमा पदाधिकारीदेखि केन्द्रीय सदस्यसम्म को-को उम्मेदवार ?
यु–१९ एसिया कपः नेपालले बङ्गलादेशविरुद्ध ब्याटिङ गर्दै
प्रतिक्रिया