सशस्त्रमा वरिष्ठ नायब निरीक्षकदेखि सहायक हवल्दारसम्म दुई हजार १९६ जनाको बढुवा

सशस्त्र प्रहरी बल, नेपालले तल्लो तहका रिक्त पदमा धमाधम बढुवा गरेको छ । पछिल्लो एक महिनामा सशस्त्र प्रहरी सहायक हवल्दारदेखि सशस्त्र प्रहरी वरिष्ठ नायब निरीक्षकसम्म दुई हजार १९६ जनाको बढुवा भएको छ ।
बढुवा हुनेमा सशस्त्र प्रहरी वरिष्ठ नायब निरीक्षकमा ११ जना, नायब निरीक्षकमा ३४ जना, लेखा उपसमूहतर्फ सशस्त्र प्रहरी नायब निरीक्षक ६ जना छन् । त्यसैगरी, सशस्त्र प्रहरी वरिष्ठ हवल्दारमा ६०३ जना, हवल्दारमा ७५९ जना र सहायक हवल्दारमा ७८३ जना बढुवा भएका हुन् ।
मुख्यालयले बढुवा हुन जेठ १९ गते सूचना जारी गर्दै सशस्त्र प्रहरी सेवा साधारण समूह, साधारण उपसमूहतर्फको सशस्त्र प्रहरी वरिष्ठ नायब निरीक्षक र सशस्त्र प्रहरी नायब निरीक्षक तथा सशस्त्र प्रहरी सेवा, साधारण समूह, लेखा उपसमूहतर्फका सशस्त्र प्रहरी नायब निरीक्षकमा बढुवा हुन१० दिनभित्र बढुवा फाराम भर्न भनिएको थियो ।
त्यसैगरी, सशस्त्र प्रहरी वरिष्ठ हवल्दार, हवल्दार र सहायक हवल्दार पदमा बढुवा हुन १५ दिनभित्र बढुवा फाराम भरी बढुवा समितिको सचिवालयमा पेस गर्न भनिएको हो ।
बढुवा मूल्यांकन फारामका लागि योग्य उम्मेदवारले आफूले प्राप्त गरेको शैक्षिक योग्यता र बढुवा प्रयोजनार्थ आवश्यक पर्ने प्रमाणपत्रहरूको प्रतिलिपिहरू संलग्न गरी बढुवा समितिको सचिवालयमा पेस गर्नसमेत भनिएको थियो । खाली रहेका अन्य दर्जामा समेत तत्कालै बढुवा प्रक्रिया सुरु हुने सशस्त्र प्रहरीका सहप्रवक्ता डिएसपी शैलेन्द्र थापाले बताए।










एनपिएलको तयारी पूरा
एमालेद्वारा ताप्लेजुङमा जनसभा आयोजना
मतदाता नामावली उत्साहपूर्वक संकलन गरिँदै
तीन अर्ब बराबरका दुई वटा बचतपत्रको बिक्री खुला
आज २०८२ साल कात्तिक २७ गते बिहीबारको राशिफल
जेनजी युवाको अभिभावक नै नेपाली कम्युनिष्ट पार्टी हो: संयोजक दाहाल
मधेस प्रदेशका सभामुखविरुद्ध अविश्वास प्रस्ताव दर्ता
आईजीपी कार्कीको निर्णय : कार्यालय सहयोगीदेखि वरिष्ठ सईसम्मलाई सहुलियत कर्जा बढाउने
आज २०८२ साल कात्तिक २८ गते शुक्रबारको राशिफल
प्रतिक्रिया