आइतबार, फागुन २४, २०८२

‘सवै पक्षलाई स्वीकार्य हुने मौद्रिक नीति आउनुपर्छ’

मेरोन्यूज २०८२ असार १६ गते १८:२२

काठमाडौं । नेपाल राष्ट्र बैंक आर्थिक अनुसधन्धान विभागका कार्यकारी निर्देशक डा. राम शरण खरेलले आगामी मौद्रिक नीति सवै पक्षलाई स्वीकार्य हुने गरी ल्याउने तयारी रहेको बताएका छन् ।

Advertisement
nepal life insurencenepal life insurence


सोमबार राजधानीमा आयोजीत प्रि मनिटोरी पोलिसी विषयक अन्र्तक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै डा. खरेलले आर्थिक वर्ष २०८२/८३ को मौद्रिक नीति ल्याउने तयारीमा राष्ट्र बैंकले राय सुझाव संकल गरिरहेकोले ती नै सुझावहरुलाई सम्बोधन हुने गरी मौद्रिक नीति ल्याउने तयारी रहेको खुलासा गरे ।

कार्यक्रममा सिए अनल राज भट्टराईले मौद्रिक नीतिबारे भएका अध्ययन र तथ्यांक समेटिएको कार्यपत्र प्रस्तु गर्दै जीडिपीमा योगदान गरेका इन्डेक्सहरुको रिभ्यु गर्नुपर्ने बेला आएको बताए । अस्थिर राजनीति र सरकारका कारण मौद्रिक नीतिमा असर पर्दै आएकोले आगामी दिनमा मौद्रिक नीतिलाई प्रभावकारी बनाउन केन्द्रीय बैंकले सवै पक्षको राय सुझावलाई सम्बोधन गर्नुपर्नेमा जोड दिए ।

कार्यक्रममा नेपाल राष्ट्र बैंकका पूर्व कार्यकारी निर्देशक नर बहादुर थापाले आइएमएफले दिएका सुझावलाई मान्नै पर्ने राष्ट्र बैंकको मानेर अगाडि बढेको भए पनि देशको हितमा हुने गरी मात्र प्रयोग गर्नुपर्नेमा जोड दिए । सरकारले बजेटमा समावेश गरेर फिर्ता लिएको ‘टेक एण्ड पे’ को जस्तो प्रावधान राखेर मौद्रिक नीति आउन नहुने जिकिर गर्दै पूर्व कार्यकारी निर्देशक थापाले दीर्घकालिन सोचका साथ आगामी मौद्रिक नीति सार्वजनिक हुनुपर्नेमा जोड दिए ।
कार्यक्रममा नेपाल चेम्बर अफ कमर्सका उपाध्यक्ष दिपक श्रेष्ठले नेपालमा स्थायी रुपमा संचालन हुने निकायहरु राष्ट्र बैंक भएकोले पाँच वर्षका लागि नियुक्त हुने गभर्नरले ल्याउने मौद्रिक नीति पनि पाँच वर्षको लागि तय हुने गरी नीति बनाउन सुझाव दिए ।

त्यसैगरी छिमेकी लघुवित्त माइक्रो फाइनान्सका अध्यक्ष राचन्द्र जोशीले मौद्रिक नीतिले समग्र अर्थतन्लाई प्रभाव पार्ने भएकोले नीजि क्षेत्रले दिएका सुझावलाई सम्बोधन हुने गरी आगामी मौद्रिक नीति आउनुपर्नेमा जोड दिए ।

प्रतिक्रिया