कुलिङ पिरियडः रामहरी खतिवडालाई राजिनामा दिन मनिष झाको सुझाव

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले सांसदलाई झुक्काएर ‘कुलिङ पिरियड’ घुसाउने राज्य ब्यवस्था सभापति रामहरी खतिवडाले राजिनामा दिनु पर्ने बताएका छन् ।
राज्य ब्यवस्था समितिमा रोकिएको ‘कुलिङ पिरियड’ संसदमा सो बिधेयक प्रतिबेदन लैजादाँ सभापति खतिवडाले घुसाएर पठाएर पास समेत गराएको भन्दै सांसद झाले राजिनामा माग गरेका हुन् ।
‘राज्य व्यवस्था समितिका सभापति रामहरी खतिवडाज्यु, निजामती बिधेयकमा, तपाईले सङ्घीय सदनको रोस्टमबाट टेवल गरेको भन्दा फरक कुरा कसरी आयो ?’ झाले प्रश्न गर्दै भनेका छन कि, ‘कि यो सुधार्नुस्, कि आफूले गरेको नालायकीपन स्वीकार गरेर समितिबाट राजीनामा दिनुस्।’
उनले सो बिधेयक पारित गराउने सत्तारूढ र प्रतिपक्ष दलका सांसदहरूलाई पनि सामाजिक सञ्जालवाट ब्यंग्य गरेका छन्, ‘र, पढ्दै नपढेर ‘हुन्छ’ र ‘हुँदैन’ भन्ने (सांसद)ं हरूलाई ‘कुरी कुरी’ ।’
रास्वपाले भिजिट भिषा प्रकरणमा गृह मन्त्री रमेश लेखकको राजिनामा माग गरिरहेको बेला अब राज्य ब्यवस्था सुशाषन समितिका सभापति खतिवडाको राजिनामा माग गर्ने तयारी गरेको बुझिएको छ ।
निजामति सेवा बिधेयकमा ‘कुलिङ पिरियड’ नराख्ने सहमति समितिमा भए पनि संसदमा पुगेकाे बिधेयकमा भने ‘कुलिङ पिरियड’ राखेर पारित भएकाे रहस्य खुले पछि यतिखेर खतिवडाकाे अालाेचना भइरहेकाे छ ।










एमाले उपाध्यक्षमा को-को निर्वाचित भए?
एमाले सचिवमा सर्वाधिक मतसहित महेश बस्नेत निर्वाचित, अरु काे-काे भए ? (सूचीसहित)
उपमहासचिवमा लेखराज, योगेश र रघुवीर विजयी
एमाले महासचिवमा शंकर पोखरेल विजयी, पाण्डे दोस्रोपटक पराजित
एमाले अध्यक्षमा केपी शर्मा ओली विजयी
यस्ता छन् क्रिकेटको महाकुम्भ एनपिएलमा बनेका रोचक तथ्य र ‘रेकर्ड’
यु–१९ एसिया कप : बंगलादेशसँग पनि हार्याे नेपाल
ओलीसँग भिड्न ईश्वर पोखरेलले गराए उम्मेदवारी दर्ता
अनेरास्ववियु अध्यक्षमा ७ मतले पराजित प्रकाश पौडेलले दिए केन्द्रीय सदस्यमा उम्मेदवारी
तेस्रोपटक अध्यक्ष बन्न ओलीले दर्ता गरे उम्मेदवारी
प्रतिक्रिया