‘कुलिङ अफ पिरियड’लाई अनधिकृत रुपमा परिवर्तन गरिनु घोर अपराध : शेखर कोइराला

काठमाडौं। सांसदलाई झुक्काएर ‘कुलिङ पिरियड’ घुसाउने राज्य ब्यवस्था तथा सुशासन समितिका सभापति रामहरी खतिवडालाई कारबाही गर्नु पर्ने माग तिब्र रूपमा उठिरहेको छ ।
राज्य ब्यवस्था समितिमा सर्वसम्मत रूपमा रोकिएको ‘कुलिङ पिरियड’ संसदमा विधेयक प्रतिवेदन लैजादा सभापति खतिवडाले त्यसलाई घुसाएर पठाएको रहस्योदघाटन भएपछि उनीमाथि राजीनामा र कारबाहीको माग बढेको हो ।
नेपाली कांग्रेसका सांसदसमेत रहेका खतिवडाले गरेको सो कार्यको यतिखेर सत्ता पक्ष र प्रतिपक्ष दुवैवाट तिब्र आलोचना र आक्रोश ब्यक्त भइरहेका छन् । सोही क्रममा कांग्रेस नेता शेखर कोइरालाले पनि खतिवडाको नाम नलिइ आपत्ति जनाएका छन् ।
‘सर्वसम्मतिबाट संसदमा पेस भएको निजामति सेवा विधेयक अनधिकृत रुपमा परिवर्तन गरिनु, गराईनु कुनै सामान्य घटना नभई, देश र जनता प्रति गरिएको घोर अपराध र सार्वभौम संसदप्रति गरिएको अपमान हो,’ उनले भनेका छन्, ‘यस प्रकारणमा जोडिएकालाई तुरुन्त हदै सम्मको कारवाही अगाडि बढाइ, परिवर्तन गरिएको व्यवस्थालाई आजै पुरानै अवस्थामा लैजाउँ ।’
उनले सामाजिक सञ्जालमा लेखेका छन, ‘कुलिङ पिरियड नराखी यस विधेयकका अगाडिका काम कारवाही अगाडि बढ्नु हुँदैन र बढ्दैन्।’
निजामति सेवा बिधेयकमा ‘कुलिङ पिरियड’ नराख्ने सहमति समितिमा भए पनि संसदमा पुगेको बिधेयकमा भने ‘कुलिङ पिरियड’ राखेर पारित भएको रहस्य खुले पछि यतिखेर खतिवडाको आलोचना भइरहेको छ।
खतिवडाले भने प्रतिनिधिसभाबाट पास भएको उक्त विधेयक राष्ट्रियसभावाट सच्चाउने पर्ने तर्क गरिरहेका छन् ।
















यार्सा सिजन सुरु भएसँगै अपी हिमालका विद्यालय आइतबारदेखि १५ दिन बन्द
अमेरिकी र इरानी सेनाबीच हर्मुजमा तनाव बढ्यो, युद्धविराम कायम रहेको ट्रम्पको दावी
उपराष्ट्रपति यादव स्वागत समारोहमा
सहकारी क्षेत्रमा देखिएका समस्या समाधान गर्न नयाँ ऐन ल्याइँदै
बाढीपहिरोका कारण अवरुद्ध यी पाँच वटा राजमार्ग सञ्चालन
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया