कांग्रेस केन्द्रीय समितिको बैठक दोस्रो दिन पनि जारी
मेरोन्यूज
२०८२ असार १७ गते १२:४५

काठमाडौं। नेपाली कांग्रेस केन्द्रीय समितिको बैठक सुरू भएको छ ।
हिजो साेमबारदेखि सुरू भएको केन्द्रीय समितिको बैठक दोस्रो दिन पनि जारी छ । साेमबारकाे बैठकमा मुख्यतयाः प्रभावशाली नेता शेखर कोइरालाले नेतृत्वमाथि विभिन्न प्रश्न उठाएका थिए ।
बैठकमा छलफलका लागि विभिन्न १३ वटा एजेण्डा प्रस्तुत गरिएको छ ।
पार्टी प्रवक्ता प्रकाशशरण महतका अनुसार बैठकमा मुख्य रुपमा गठबन्धनको सरकारका साथै भ्रातृसंस्थाका विषयमा केन्द्रीय सदस्यहरूसँग राय लिइनेछ । यस्तै, सङ्घीय सरकार र प्रदेश सरकारमा रहेका मन्त्रीहरूका कामकारबाहीका बारेमा जानकारी गराउने एजेण्डा पछि छलफलको विषय रहेको छ ।
सोमबारको बैठकमा सभापति शेरबहादुर देउवाले केन्द्रीय नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको निर्देशिका संशोधनको विषय राख्नुका साथै प्रतिष्ठानको प्रतिवेदन प्रस्तुत गरेका थिए ।
सम्बन्धित










एमाले नेतृत्वमाथि छोएका दिन देश ठप्प हुनुपर्छ, यो सरकार ढल्नुपर्छ : ओली
हात्तीलाई जिउँदै आगो लगाएको आरोपमा तीन जना पक्राउ
एमालेले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बोलायो
रास्वपाद्वारा समन्वय कार्यदल गठन
रविलाई रिहा गर्न अदालतले दिएको आदेशमा के छ ?
इक्वेडरका फुटबलर पिनिडाको गोली हानी हत्या
एमालेका निर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यले लिए शपथ
प्रतिक्रिया