निजामती विधेयकमा बदमासी गर्नेलाई कारबाही गर्नुपर्छः प्रचण्ड

काठमाडौँ। नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सङ्घीय निजामती सेवा विधेयक पारित गर्ने क्रममा गम्भीर षड्यन्त्र भएको बताएका छन् ।
योङ कम्युनिष्ट लिग, नेपाल (वाइसिएल) को केन्द्रीय पदाधिकारी बैठकलाई आज पेरिसडाँडामा सम्बोधन गर्दै अध्यक्ष दाहालले विधेयकमा चलखेल र छेडखानी गर्ने प्रवृत्तिलाई छुट दिन नसकिने भन्दै छानबिन गरेर कारबाही प्रक्रिया अगाडि बढाउनुपर्ने आवश्यकता औँल्याए ।
“परिवर्तनका उपलब्धिहरू उल्ट्याउने षड्यन्त्र हुँदै आएको छ । सङ्घीय निजामती विधेयकमा षड्यन्त्र भएको छ,” उनले भने, “यो विधेयकमा कसले बदमासी ग¥यो, त्यसको छानबिन गरी, चलखेल तथा छेडखानी गर्ने प्रवृत्तिमाथि कारबाही गराउनेतर्फ हामी लागेका छौँ ।”
अध्यक्ष दाहालले संविधान र जनताको रगत–पसिनाबाट प्राप्त उपलब्धिहरूलाई उल्ट्याउने प्रवृत्ति यसअघि पनि देखिएको र अहिले पुनः त्यसको पुनरावृत्ति हुने खतरा औँल्याए । “यथास्थिति र प्रतिगमन उल्ट्याउने प्रयास भइरहेको अवस्थामा हामीले पार्टीको अभियान रोकेर प्रतिवाद ग¥यौँ । अहिले पनि त्यो प्रवृत्ति जारी छ,” उनले भने ।
सो अवसरमा अध्यक्ष दाहालले वाइसिएल नेपाललाई पार्टीको विचार, लाइन र विधानप्रति पूर्ण प्रतिबद्धताका साथ अघि बढ्न आग्रह गरे । पार्टीको आठौँ महाधिवेशनले पारित गरेको विधान, विचार र लाइनलाई जनतासमक्ष लैजान आवश्यक रहेको उनको भनाइ थियो । अध्यक्ष दाहालले वर्तमान अवस्थामा वर्गसङ्घर्ष थप पेचिलो बन्दै गएको उल्लेख गर्दै विचार र नेतृत्वको रक्षा गर्दै एकताबद्ध रूपमा क्रान्तिकारी धारलाई बलियो बनाउनेतर्फ अग्रसर हुनुपर्नेमा जोड दिए ।
वर्षायामपछि मध्यपहाडी लोकमार्गको अभियानलाई पूर्णता दिने जानकारी दिँदै अध्यक्ष दाहालले त्यसपछि सुरु गरिने सङ्गठन निर्माणको अभियानमा वाइसिएललाई सक्रिय सहभागिता जनाउन आग्रह गरे ।










तरकारीको आजको मूल्य : आलुको मूल्य सस्तियो
राष्ट्र बैङ्कले एक अर्ब २० करोड बैङ्क तथा वित्तीय संस्थामा लगानी गर्ने
सरकार गठनका सय दिनकाे सम्बाेधन : सुशासन र चुनाव गर्न सरकार चट्टान झै दृढ रहेकाे प्रधानमन्त्री कार्कीकाे जिकिर
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
आजको मौसम : सुदूरपश्चिम प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रहने
एमालेमा उपाध्यक्ष बादललाई दोस्रो वरीयतामा राखियो
एमाले नेतृत्वमाथि छोएका दिन देश ठप्प हुनुपर्छ, यो सरकार ढल्नुपर्छ : ओली
जेलबाट छुटेपछि रविले भने- हिसाब मिलाउन बाँकी नै छ, न्याय पाउन बाँकी नै छ
रविलाई रिहा गर्न अदालतले दिएको आदेशमा के छ ?
आज २०८२ साल पुस ४ गते शुक्रबारको राशिफल
प्रतिक्रिया