आइतबार, फागुन २४, २०८२

यामाहा ग्लोबलको ७० औं वार्षिकोत्सव: यामाहा नेपालले आज मनाउँदैछ अविस्मरणीय यात्राको उत्सव

मेरोन्यूज २०८२ असार १७ गते २०:४४

काठमाडौं । प्रत्येक वर्ष जुलाई १ मा यामाहा ग्लोबलले ‘यामाहा डे’ मनाउने गर्दछ। विश्वभर यो दिवस यामाहाको इन्जिनियरिङ, मोटरस्पोर्ट्स र संगीत वाद्यवादनदेखि मोटरसाइकलसम्मको अद्वितीय यात्रालाई सम्मान गर्न मनाउने गरिन्छ। यस वर्ष, यामाहाले “Bridging Old and New, Through Kando Actions” भन्ने मूल नारासहित ७० औं वार्षिकोत्सव मनाउँदैछ। नेपालमा यो उत्सव अझ विशेष र भावनात्मक बनेको छ, किनकि यसले यामाहाको गौरवशाली इतिहास मात्र होइन, पुस्तौँदेखि नेपाली राइडरहरूसँग गाँसिएको बलियो सम्बन्धलाई पनि सम्मान गरिरहेको छ।

Advertisement
nepal life insurencenepal life insurence

यस वर्षको उत्सव विभिन्न सामाजिक तथा वातावरणीय उद्देश्यसहित सम्पन्न भइरहेको छ। एमएडब्लू फाउन्डेसनको संयोजनमा नक्साल शोरूममा आयोजना गरिएको रक्तदान कार्यक्रमदेखि फ्याक्ट्री परिसरमा गरिएको वृक्षारोपण अभियानले यामाहाको दिगोपन प्रतिको प्रतिबद्धतालाई उजागर गर्दछ। यस्तै, यामाहा ब्लुस्ट्रिक्स राइडआउटको समापन पनि एक विशेष सामुदायिक सेवामुलक गतिविधिबाट हुनेछ, जसले समाजप्रति यामाहाको जिम्मेवारीलाई पुनः पुष्टि गर्छ। देशभरिका सबै शोरूमहरूमा केक काट्ने कार्यक्रमका साथसाथै सडक सुरक्षा तालिमहरू पनि आयोजना गरिने छन्।

यस अवसरमा यामाहा नेपालले यो ७० वर्षको यात्रा केवल एक उत्सव मात्र नभई, हामी सबैको साझा उद्देश्य र जोशको प्रतीक बनोस् भन्ने चाहनाका साथ आफ्ना ग्राहक, शुभेच्छुक, सरोकारवाला र समुदायलाई एकै ठाउँमा ल्याउने लक्ष्य राखेको छ।

यामाहा नेपालका सीइओ दीपक अग्रवालले भने, “यामाहाले ७० वर्षको गौरवपूर्ण यात्रा पूरा गरिरहँदा नेपालमा यसको यात्रा विश्वासको जगमा आधारित रहँदै इनोभेसनले संचालित विश्वव्यापी भावनाको साहसिक प्रतिबिम्ब बनेको छ। नेपालको विविध भूगोल र पुस्ताहरुका बीच यामाहा केवल मोटरसाइकल होइन, यो स्वतन्त्रता, भरोसा र प्रगतिको प्रतीक बनेको छ। इतिहासको गौरव र भविष्यप्रतिको विश्वासका साथ हामी दुईपाङ्ग्रे सवारी साधनको नयाँ युग निर्माणमा अगाडि बढिरहेका छौं। हामी सबै यामाहा प्रयोगकर्ता, शुभचिन्तक, साझेदार र सरोकारवालाहरूलाई सँगै मिलेर यो विशेष दिनलाई अझ विशेष बनाउन आह्वान गर्दछौं।”

एमएडब्लू राइड्सको नेतृत्वमा रहेको यामाहा नेपाल हाल नेपालकै सबैभन्दा भरपर्दो र प्रतिष्ठित दुईपाङ्ग्रे ब्रान्डहरूमध्ये एकको रूपमा स्थापित भइसकेको छ। उन्नत जापानी प्रविधि, विश्वसनीय प्रदर्शन र उत्कृष्ट आफ्टर सेल्स सर्भिसका माध्यमबाट यामाहाले पर्फर्मेन्स, स्टाइल र ग्राहक सेवामा निरन्तर नयाँ मापदण्डहरू स्थापना गर्दै आएको छ। नेपालभरका टचपोइन्टहरूमा प्रिमियम अनुभव र दक्ष जनशक्ति विकासमा समर्पित यामाहा, आगामी दिनहरूमा पनि उत्कृष्टता कायम राख्ने प्रतिबद्धतासाथका साथ अघि बढिरहेको छ।

प्रतिक्रिया