स्मार्टफोन शाओमी १४टी को मूल्य घट्यो, अबको मूल्य कति ?

काठमाडौं । शाओमी नेपालले आफ्नो नयाँ प्रिमियम स्मार्टफोन ‘शाओमी १४टी’ को मूल्य घटाएको छ । लाइकासँगको सहकार्यमा विकास गरिएको उक्त स्मार्टफोन अब नेपाली बजारमा ५९ हजार ९९९ रुपैयाँमा उपलब्ध हुने भएको हो । यसअघि १२ जिबी -याम र ५१२ जिबी स्टोरेज क्षमताको शाओमी १४टी को मूल्य ६४ हजार ९९९ रुपैयाँ तोकिएको थियो । मूल्य घटाएपछि स्मार्टफोनप्रेमी नेपाली प्रयोगकर्ताका लागि यो फोन झनै आकर्षक र पहुँचयोग्य बन्ने शाओमीको दाबी छ ।
शाओमी नेपालका कन्ट्री जनरल म्यानेजर मनु मानस्वीले शाओमी १४टी नवप्रवर्तन र उत्कृष्ट प्रविधिको प्रतीक भएको बताएका छन् । उनका अनुसार लाइका ब्राण्डको क्यामेरा र एआई प्रविधिका कारण नेपाली बजारमा शाओमी १४टी लोकप्रिय बन्दै गएको छ । मूल्य कटौतीले उत्कृष्ट प्रविधिलाई सर्वसुलभ बनाउने कम्पनीको रणनीति हो ।
शाओमी १४टी मा ट्रिपल लाइका क्यामेरा प्रणाली छ, जसमा ५० मेगापिक्सेलको मुख्य, १२ मेगापिक्सेलको अल्ट्रा–वाइड र ५० मेगापिक्सेलको टेलिफोटो लेन्स रहेको छ । यसमा ४ के भिडियो र प्रोफेशनल फोटो खिच्न सकिने क्षमता रहेको कम्पनीको दाबी छ ।
स्मार्टफोनमा मिडियाटेक डाइमेन्सिटी ८३०० अल्ट्रा चिप प्रयोग गरिएको छ, जसले शक्तिशाली ४ नानोमिटर प्रोसेसर, LPDDR5X र्याम र UFS ४.० स्टोरेजमार्फत उच्च प्रदर्शन प्रदान गर्छ ।
६.६७ इन्चको १.५ के रिजोल्युसनसहितको १४४ हर्जको एमोलेड डिस्प्ले, एचडिआर १०ं सपोर्ट, स्मार्ट फोटो मोड, एआई दृश्य पहिचानजस्ता सुविधा यसमा छन् ।
५००० एमएएच क्षमताको ब्याट्री तथा ६७ वाटको हाइपरचार्ज फिचरसहित शाओमी १४टी आइपी ६८ प्रमाणित जलरध तथा धूलो प्रतिरोधी छ ।
यो स्मार्टफोन टाइटन ब्ल्याक, ग्रे र ब्लू तीन रङमा नेपालभरका शाओमी स्टोर तथा अधिकृत विक्रेतामार्फत खरिद गर्न सकिनेछ ।

















काभ्रेका दुवै क्षेत्रमा रास्वपाका उम्मेदवार निर्वाचित
China FM blasts Middle East war, urges US to manage ties
उदयपुर– १ मा रास्वपाका पारसमणि गेलाल विजयी
सुनचाँदीकै मूल्य व्यापक बढ्याे
‘With women’s empowerment nation will move forward towards prosperity’
देशभर शान्तिपूर्ण रूपमा मतदान सकियो
दुर्गमका मतपेटिका हेलिकप्टरबाट संकलन गरिँदै
बाजुरामा मतदान सम्पन्न, मतपेटिका संकलन गरिँदै
झापा क्षेत्र नम्बर ५ मा मतगणना सुरु : बालेनकाे अग्रता
विश्वकप क्रिकेटः भारतविरुद्ध टस जितेर पहिले बलिङ गर्दै इङ्ल्यान्ड
प्रतिक्रिया