बिहीबार, मंसिर ११, २०८२

आज २०८२ साल असार १८ गते बुधबारको राशिफल

मेरोन्यूज २०८२ असार १८ गते ५:५९

काठमाडौं । आज २०८२ साल असार १८ गते बुधबार। असार शुक्ल पक्षको सप्तमी तिथि। तदनुसार सन् २०२५ जुलाई २ तारिख। विश्व खेलकुद पत्रकार दिवस। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ ।

मेष : प्रतियोगी परीक्षामा सफलता मिल्नुका साथै शुभचिन्तकहरूको सहयोग मिल्नेछ। व्यवसायलाई लिएर मनमा दुविधा र चिन्ताले सताउनेछ। साझतिर परिवारबाट कुनै राम्रो सूचना सुन्न मिल्ला। आजको शुभ रंग निलो हो भने शुभ अंक ४ रहेको छ।

वृष : व्यापार व्यवसायमा सन्तानको साथ र सहयोग मिल्नेछ। अशक्तको सहयोग गरेर मन प्रसन्न रहनेछ। वैचारिक छलफलमा रुचि बढ्नेछ। नयाँ कुरा सिक्ने अवसर मिल्ला। आजको शुभ रंग गुलाबी हो भने शुभ अंक १ रहेको छ।

मिथुन : टाढाका आफन्तहरूसँग सम्पर्क हुनेछ। विवादबाट जोग्गिने प्रयास गर्नुहोस्। लेनदेनमा सावधानी आवश्यक छ। पारिवारिक निर्णयमा भूमिका बढ्नेछ। आजको शुभ रंग निलो हो भने शुभ अंक ५ रहेको छ।

कर्कट : व्यापार व्यवसायमा भावनामा आएर निर्णय नलिनुहोला। अड्केको कार्यमा सहयोगीहरूले साथ दिनेछन्। आत्मबल र पराक्रम वृद्धि हुनेछ। आजको शुभ रंग सेतो हो भने शुभ अंक २ रहेको छ।

सिंह : नजिकको सम्बन्धमा सुधार आउनेछ। साथीभाइ र सामूहिक कार्यबाट लाभ प्राप्त हुनेछ। विद्यार्थीहरूले भविष्यलाई लिएर आफ्नो दृष्टिकोण स्पष्ट राख्नुहोस्। आजको शुभ रंग हरियो हो भने शुभ अंक ३ रहेको छ।

कन्या : प्रतिष्ठित कार्य गर्ने अवसर मिल्नेछ। सोचेका कार्य पूरा हुनेछन्। लगनशीलताले कार्यहरू अगाडि बढ्नेछन्। पुराना समस्याहरू सुल्झाउन सक्नुहुनेछ। आजको शुभ रंग सेतो हो भने शुभ अंक २ रहेको छ।

तुला : राजनीतिक क्षेत्रमा जनताको समर्थन पाइनेछ। व्यापार व्यवसायलाई लिएर नयाँ योजनाहरू कोरिनेछन्। सवारी साधनबाट यात्रा गर्दा सावधान रहनुहोस्। आजको शुभ रंग सेतो हो भने शुभ अंक ७ रहेको छ।

वृश्चिक : सुन्दर पहिरनले व्यक्तित्वमा निखार ल्याउनेछ। चिकित्स्या र कलाको क्षेत्रमा सफलता मिल्नेछ। राजकीय पक्षबाट सहयोग मिल्नेछ। आजको शुभ रंग रातो हो भने शुभ अंक ३ रहेको छ।

धनु : कार्यक्षेत्रमा अरुलाई प्रभावित पारेर कार्य बनाउन सक्नुहुनेछ। बुद्धिको उपयोगले जटिल ठानीएक‍ा कार्यहरू पनि सम्पादन हुनेछन्। प्रेमीसँग नयाँ स्थानमा भ्रमणका योग छन्। आजको शुभ रंग पहेलो हो भने शुभ अंक ७ रहेको छ।

मकर : शेयरबाजारबाट राम्रो सफलता प्राप्त गर्न सक्नुहुनेछ। अध्ययनमा रुचि जाग्नुका साथै घर परिवारसँग रमाइलो यात्राका योग छन्। आयआर्जनका नयाँ अवसर फेला पर्नेछन्। आजको शुभ रंग नीलो हो भने शुभ अंक ६ रहेको छ।

कुम्भ :सामाजिक सेवा गर्ने अवसरले मान प्रतिष्ठा बढ्नेछ। प्रेम र मित्रताको बन्धन कसिनेछ। घरपरिवारमा शुभ कार्यको कुरा चल्नेछ। भाग्यले साथ दिनेछ। आजको शुभ रंग खैरो हो भने शुभ अंक ४ रहेको छ।

मीन :पहिलाका सफलताले थप हौसला जगाउनेछ। दोहोराएर कार्य गर्दा कार्यक्षेत्रमा सफलता मिल्नेछ। गोपनियताको ध्यान राख्नुहोला। साहसिक कार्य गर्ने समय रहेको छ। आजको शुभ रं हरियो हो भने शुभ अंक ८ रहेको छ।

प्रतिक्रिया