३४ अंकले बढ्यो नेप्से

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ३४ दशमलव ४२ अंकले बढेको छ । आज एक दशमलव २९ प्रतिशतको वृद्धिपछि नेप्से दुई हजार छ सय ९४ दशमलव ८२ को बिन्दुमा कायम भएको हो ।
आज तीन सय १७ कम्पनीको तीन करोड एक लाख ८२ हजार ३४१ कित्ता शेयर ८९ हजार ४६८ पटक खरिदबिक्री हुँदा रु नौ अर्ब ७४ करोड ४८ लाख ४३ हजार ३७५ बराबरको कारोबार भएको छ ।
आज सबै समूहको उपसूचक बढेको छ । सबैभन्दा बढी जीवन बिमा समूह दुई दशमलव ८३, निर्जीवन बिमा दुई दशमलव ५१ र विकास बैंक समूह दुई दशमलव ३१ प्रतिशतले बढेको छ । त्यस्तै, बैंकिङ एक दशमलव ३६, वित्त एक दशमलव ९९, होटल तथा पर्यटन शून्य दशमलव ७१ र जलविद्युत् शून्य दशमलव ४७ प्रतिशतले बढेको छ ।
लगानी एक दशमलव शून्य एक, उत्पादन तथा प्रशोधन शून्य दशमलव ६९, लघुवित्त शून्य दशमलव ५६, म्युचुअल फण्ड शून्य दशमलव शून्य छ, व्यापार एक दशमलव ७६ र अन्य समूह शून्य दशमलव ९१ प्रतिशतले बढेको छ ।
आजको कारोबारमा ग्रीन डेभलपमेन्ट बैंक लिमिटेड र खानीखोला हाइड्रोपावर कम्पनीको शेयर मूल्य सबैभन्दा बढी नौ दशमलव ९९ प्रतिशतले बढेको नेप्सेले जनाएको छ । आज ‘नौ प्रतिशत आइसिएफसी फाइनान्स लिमिटेड डिबेन्चर–२०८८’ को शेयर मूल्य सबैभन्दा बढी तीन दशमलव ३१ प्रतिशतले घटेको छ ।













क्यानको वार्षिक खेल तालिका सार्वजनिक
भेनेजुएलाले राष्ट्रिय आपतकाल घोषणा गरेसँगै ट्रम्पले राजधानी काराकसमा दिए आक्रमणको आदेश
पसल पुगेर आउँछु भनेका निरज कहिल्यै फर्किएनन्
कांग्रेस नेता डा कोइरालाद्वारा पार्टीको पछिल्लो अवस्था बारेमा छलफल
स्वस्थानी व्रतसँगै साँखुमा माधवनारायण मेला सुरु (तस्बिरहरू)
हामीले आफ्ना कमीकमजोरी पहिचान गरी सुधार्नुपर्छ : प्रचण्ड
रास्वपाले समानुपातिक उम्मेदवारको बन्दसूची सच्याउने
घट्यो पेट्रोलियम पदार्थको मूल्य
२०२५ मा नेपालीहरूले टिकटकमा के–के खोजे ? (सूचीसहित)
पूर्वमन्त्री राजकुमार गुप्तालाई थुनामा पठाउने आदेश
प्रतिक्रिया