एस्टन मार्टिन अराम्को र रियलमीको सहकार्यमा पहिलो पटक को-ब्रान्डेड स्मार्टफोन सार्वजनिक

काठमाडौं । विश्वप्रसिद्ध फर्मुला वन टोली एस्टन मार्टिन अराम्को र चिनियाँ स्मार्टफोन निर्माता रियलमीबीच दीर्घकालीन लाइसेन्स सहकार्यको घोषणा गरिएको छ । उक्त सहकार्य अन्तर्गत पहिलो पटक दुई ब्रान्डको संयुक्त पहिचान बोकेको रियलमी जीटी ७ – ड्रीम एडिसन स्मार्टफोन २७ मेमा सार्वजनिक गरिएको हो ।
रियलमीको फ्ल्यागशिप सिरिजअन्तर्गत ल्याइएको जीटी ७ ड्रीम एडिसनमा एस्टन मार्टिन अराम्कोको प्रतिष्ठित पङ्खायुक्त लोगो समेत समावेश गरिएको छ, जसले यो स्मार्टफोनलाई अन्य प्रतिस्पर्धी मोडेलहरूबाट पृथक बनाएको छ ।
यस सहकार्यलाई टेक्नोलोजी र मोटरस्पोर्ट्सबीचको ‘फ्युजन’का रूपमा हेरिएको छ । जीटी ७ मा नवीनतम प्रोसेसर, उच्च रिजोल्युसनको डिस्प्ले, शक्तिशाली ब्याट्री, फास्ट चार्जिङ टेक्नोलोजी र उन्नत क्यामेरा सिस्टम जस्ता अत्याधुनिक फिचरहरू समावेश छन् ।
रियलमीका सीईओ स्काई ली ले एस्टन मार्टिनसँगको सहकार्यलाई “वैश्विक स्तरमा ब्रान्ड विस्तारको ऐतिहासिक अवसर” का रूपमा व्याख्या गरेका छन् । उनका अनुसार, “हामी फ्ल्यागशिप लेबल केवल उत्कृष्ट उत्पादनहरूलाई मात्र दिन्छौं, र अब एस्टन मार्टिनसँगको सहकार्यले अझ एडभान्स्ड टेक्नोलोजी र डिजाइनमार्फत विश्वभरका प्रयोगकर्तालाई उत्कृष्ट अनुभव दिन सक्षम हुनेछौं ।”
त्यसैगरी, एस्टन मार्टिन अराम्को फर्मुला वन टिमका हेड अफ लाइसेन्सिङ्ग र मर्चेन्डाइज म्याट च्यापम्यान ले जीटी ७ ड्रीम एडिसनलाई “नवीनतम डिजाइन र उच्च कार्यसम्पादनको संयोजन” भनेर प्रशंसा गर्दै आगामी मोडेलहरूमा निरन्तर सहकार्यको संकेत दिएका छन् ।
रियलमीले हालसम्म विश्वभर २० करोडभन्दा बढी प्रयोगकर्ता बनाइसकेको छ । ‘Make it Real’ स्लोगन बोकेको कम्पनीले युवापुस्तालाई लक्षित गर्दै सुलभ मूल्यमा नवप्रवर्तनयुक्त प्रविधि उपलब्ध गराउँदै आएको छ ।
सहकार्य अन्तर्गत दुवै ब्रान्डले हरेक वर्ष दुई संयुक्त स्मार्टफोन मोडेल सार्वजनिक गर्ने योजना पनि घोषणा गरेका छन्, जसले मोबाइल बजारमा नयाँ प्रतिस्पर्धा र क्रिएटिभ सोच प्रस्तुत गर्ने अपेक्षा गरिएको छ ।












निर्वाचन रोक्ने बहाना स्वीकार्य छैनः योगेश भट्टराई
गैरकानुनी रूपमा अन्तरराष्ट्रिय कल बाइपासमा संलग्न राजवंशी पक्राउ
दक्षिण कोरियाका पूर्वराष्ट्रपति युनविरुद्ध पुनः पक्राउ पुर्जी जारी
निर्वाचन ६४ दिन बाँकीः ६४ वटा राजनीतिक दलले पेस गरे समानुपातिकतर्फको बन्दसूची
राप्रपा र राप्रपा नेपालबीच पार्टी एकता
निर्माता करण श्रेष्ठ समानुपातिक उम्मेदवारको सूचीमा
हामीले आफ्ना कमीकमजोरी पहिचान गरी सुधार्नुपर्छ : प्रचण्ड
पुस १६ गते बुधवारकाे राशिफल,कस्ताे रहला तपाइकाे आजकाे दिन ?
प्रतिक्रिया