विधान महाधिवेशनमा केन्द्रित हुन महासचिव पोखरेलको निर्देशन

काठमाडौँ। नेपाल कम्युनिष्ट पार्टी (एमाले)का महासचिव शंकर पोखरेलले कर्णाली प्रदेशका नेताहरूलाई विधान महाधिवेशनमा केन्द्रित हुन निर्देशन दिएका छन्।
ललितपुर, च्यासलस्थित एमाले मुख्यालयमा आज (बिहीबार) कर्णालीबाट प्रतिनिधित्व गर्ने एमाले पोलिटब्युरो सदस्य, केन्द्रीय कमिटी सदस्य, प्रदेश कमिटीका पदाधिकारी र जिल्ला कमिटीका पदाधिकारीसँगको भर्चुअल बैठकमा महासचिव पोखरेलले पार्टी नेतृत्वका विषयमा नलागी विधान महाधिवेशनमा जुट्न निर्देशन दिए।
‘पार्टीको नीति र विधिको तय आसन्न विधान महाधिवेशनले गर्ने भएकाले प्रदेश, जिल्ला, पालिका, वडा, टोल कमिटीमा व्यापक छलफलको आयोजना गरी सोही अनुसार साङ्गठनिक पद्धतिमा रहेर कमिटीको प्रतिवेदन मार्फत ल्याउन लाग्नु होला,’ महासचिव पोखरेलले भने, ‘सबै तहका पार्टी कमिटीबाट आएका सुझावका आधारमा पार्टीको आगामी नीति, विधि र नेतृत्व छनोटको मापदण्ड तय हुन्छ।’
उनले नेताहरूलाई सामाजिक सञ्जालमा विश्वास नगर्न र पार्टी पंक्तिलाई एकताबद्ध राख्ने काम गर्न आग्रह गरे। बैठकमा एमाले स्थायी कमिटी सदस्य तथा कर्णाली प्रदेश इन्चार्ज गोरखबहादुर बोगटीले कठिन भूगोलका बाबजुद पार्टीका सदस्यता नवीकरणदेखि आन्तरिक सांगठनिक जीवनमा कर्णालीले उत्साहप्रद काम गरिएको बताए।
कर्णाली प्रदेश कमिटीका अध्यक्ष गुलावजंग शाहले एमाले नेतृत्वको संघ र प्रदेश सरकारले गरेको राम्रा कामको प्रचारमार्फत नागरिकमा आशा जगाउनु अहिलेको प्रमुख दायित्व भएको बताए।










‘पिकअपभ्यान’सहित १७६ किलो गाँजा बरामद
भिरबाट लडेर एक वृद्धाको मृत्यु
एमाले महाधिवेशनः मतदान सुरु
यस्तो छ आजका लागि सागसब्जी र फलफूलको मूल्य
‘नेपालले भ्रष्टाचारविरुद्ध शून्य सहनशीलताको कठोर नीति अवलम्बन गरेको छ’
एमालेको महाधिवेशन : भाेली १ः३० बजेभित्र उम्मेदवारी दर्ता गर्नुपर्ने
सामूहिक नेतृत्व प्रणालीमा जानुपर्छ : वरिष्ठ उपाध्यक्ष पोखरेल
अखिल अध्यक्षमा ७ मतले हारेका प्रकाश पौडेलले दिए एमाले केन्द्रीय सदस्य पदमा उम्मेदवारी
ओली समूहमा पदाधिकारीदेखि केन्द्रीय सदस्यसम्म को-को उम्मेदवार ?
प्रत्येक प्रदेशबाट एक युवा अनिवार्य, यस्तो बन्ने भयाे एमाले केन्द्रीय कमिटीको संरचना (सूचीसहित)
प्रतिक्रिया