बिहीबार, वैशाख १७, २०८३

एडीबीबाट कुनै ऋण नलिने हर्क साम्पाङको घोषणा 

मेरोन्यूज २०८२ असार २० गते ११:०६

काठमाडौं । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ राईले एडीबीको कुनै पनि ऋण नलिने घोषणा गरेका छन् । खानेपानी मन्त्रालयलाई पत्र लेख्दै उनले यस्तो घोषणा गरेका हुन् । 

Advertisement
NiccNicc

यसअघि एडीबीबाट लिएको ऋण तिर्न बाँकी रहेकोले सो संस्थाको थप ऋण आफूहरुले नलिने साम्पाङले बताएका छन् । ‘‘ कम्तीमा ३० वर्षसम्म पुग्ने खानेपानीको दीर्घकालीन योजनाका लागि सप्तकोशीको पानी धरानमा ल्याउन अनेकन चोटी खानेपानी मन्त्रालय धाएको उनले स्मरण पनि गरेका छन्  ।  

साम्पाङले आव २०८२–८३ मा ४ करोड रुपियाँ सरकारले विनियोजन गरेको भन्ने जानकारी प्राप्त भयो तर बाँकी पैसा सबै एडीबीबाट ल्याउने भन्ने सुन्न र बुझ्नमा आएकोले देशलाई विदेशी ऋणको भारी बोकाएर उचित हुँदैन भन्दै धरान उपमहानगरपालिकाले पहिले लिएको एडीबीको ऋण समेत तिर्न बाँकी रहेको हुँदा आफ्नै राष्ट्रिय आम्दानीबाट खर्च गर्न सकेमात्र योजना अगाडि बढाउनु होला, अन्यथा हामी आफैं खोला खोल्सीको पानी जोडेर गुजारा गरौंला भनेका छन् । 


प्रतिक्रिया