शुक्रबार, वैशाख २५, २०८३

असार मसान्तभित्र सुझाव पठाउन एमालेको निर्देशन

मेरोन्यूज २०८२ असार २० गते १७:४०

काठमाडौँ । एमालेले पार्टीको विधान महाधिवेशनमा प्रस्तुत गरिने संगठनात्मक प्रतिवेदनका सम्बन्धका आवश्यक सुझाव सहितको प्रतिवेदन पठाउन मातहतका कमिटीलाई निर्देशन दिएको छ ।

Advertisement
NiccNicc

एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले विधान महाधिवशेनमा प्रस्तुत गरिने संगठनात्मक प्रतिवेदनका सम्बन्धमा लिखित सुझावसहितको प्रतिवेदन पठाउन प्रदेश र जिल्ला कमिटीलाई निर्देशन दिइएको जानकारी दिए ।

‘संगठनात्मक प्रतिवेदनमा प्रदेश र जिल्ला कमिटीले आवश्यक सुझावसहित यही असार मसान्तभित्र लिखित प्रतिवेदन पठाउन निर्देशन दिएका छौँ’, उनले भने, ‘ती सुझावसहित आएका प्रतिवेदनमा केन्द्रीय कमिटीमा छलफल गरेर महाधिवेशनमा लगिनेछ ।’

एमालेको दोस्रो विधान महाधिवेशन आगामी भदौ २० देखि भदौ २२ गतेसम्म ललितपुरको गोदावरीमा हुने तय भएको छ ।

महाधिवेशनका लागि राजनीतिक प्रतिवेदन प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओली, विधान संशोधन प्रस्ताव उपाध्यक्ष विष्णुप्रसाद पौडेल र संगठनात्मक प्रतिवेदनको जिम्मेवारी महासचिव शंकर पोखरेललाई दिएको छ ।

प्रतिक्रिया