सोमबार, वैशाख २१, २०८३

महालक्ष्मी बैंकद्धारा संस्थागत सामाजिक उत्तरदायित्वका कार्यत्रम सम्पन्न

मेरोन्यूज २०८२ असार २० गते १८:५९

काठमाडौँ । महालक्ष्मी विकास बैंकले विभिन्न संस्थागत उत्तरदायित्व कार्यक्रमहरु सम्पन्न गरेको छ । बैंकले वित्तीय साक्षरता, शिक्षा, स्वास्थ्य, दैवी प्रकोप व्यवस्थापन, वातावरण संरक्षण, सांस्कृतिक प्रबद्र्धन, पुर्वाधार निर्माण÷सुधार, दिगो विकास लक्ष्य, मानव सेवा तथा परोपकार कार्य गरेको हो ।

Advertisement
NiccNicc

बैंकले आर्थिक वर्ष २०८१÷८२ को चौथो त्रैमासमा विभिन्न्न कार्यक्रमहरु सम्पन्न गरेको छ । सोही अन्तर्गत बैंकको मार्तडी–बाजुरा शाखाद्धारा बाजुरा स्थीत श्री लक्ष्मी माध्यामिक विद्मालयमा अध्ययनरत आर्थिक स्थिति कमजोर भएका तथा पढाईमा अब्बल रहेका विधार्थीहरुलाई अध्ययनलाई सहज होस भन्ने हेतुले एक कार्यत्रमका बीच स्कुल ब्याग वितरण गरेको छ ।

साथै पाटन नगरपालिका–१ मेल्चौरा बैतडी स्थित श्री सिद्धेश्वर माध्यामिक विद्मालयलाई यस बैंकको पाटन–बैतडी शाखा द्धारा शौचालय निर्माणको लागि आर्थिक सहयोग गरेको छ । ८०० विधार्थी र ३० जना कर्मचारी रहेका उक्त विद्मालयमा शौचालयको आवश्यकता रहेको तथा सम्भावित सरुवा रोगहरुबाट बच्न सहयोग पुगोस भन्ने हेतुले आर्थिक सहयोग गरेको बैंकले जनाएको छ ।

त्यसैगरी बैंकको महेन्द्रनगर शाखाले कञ्चनपुर स्थित श्री बैजनाथ धाम तथा बृद्धाश्रम सेवा समितिलाई खाद्मान्न सामाग्री प्रदान गरेको छ । साथै काठमाडौँ जिल्ला बुढानिलकण्ठ–४ क्वाँटोल, चण्डेश्वरी स्थित श्री मदन आश्रित आदर्श माध्यामिक विद्यालयमा अध्ययनरत ११ जना विद्यार्थीहरुका लागि राउण्ड टेबल नेपालको सहकार्यमा शैक्षिक सत्र २०८२ को लागि छात्रवृति वितरण कार्यक्रम सम्पन्न गरेको छ । साथै यस बैंकको कलैया शाखाले गर्मीको समयमा उच्च तापक्रमको कारणले हुन सक्ने असजिलो कम गर्न निःशुल्क सर्वत पानी वितरण गरेको छ ।

प्रतिक्रिया