जसपा नेपालको संसदीय दलको बैठक बस्दै, सरकारलाई दिएको समर्थन फिर्ता लिने तयारी

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले संसदीय दलको बैठक बोलाएका छन्। प्रधानमन्त्री केपी ओली नेतृत्वको नेतृत्वको सरकारबारे निर्णय लिनको लागि दलको बैठक बोलाएका हुन्।
जसपा राष्ट्रियसभा सदस्य मृगेन्द्रसिंह यादवका अनुसार आजको बैठकले सरकारलाई दिएको समर्थनबारे निर्णय लिने बताए।
उनले भने, ‘आज अध्यक्षले दलको बैठक डाक्नुभएको छ, आजको बैठकले सरकारबारे निर्णय लिन्छ। कार्यकारिणी समितिको बैठकले फिर्ता लिन यसअघि नै निर्देशन दिइसकेको छ, आजको बैठकले निर्णय गर्छ।’
उनले दलको बैठकले निर्णय गरेपछि आफूहरू सदनमा विपक्षीमा बस्ने पनि बताए। जसपा सांसद प्रकाश अधिकारीले पनि बैठक दिउँसो १ बजे बस्न लागेको बताए।
उनका अनुसार बैठक पार्टी कार्यालयमा बस्नेछ। जसपा नेपालले ओली सरकार सरकार पूर्णतः असफल रहेको निष्कर्ष निकाल्दै सरकारलाई दिएको समर्थन बारे पुनः विचार गर्न संसदीय दललाई दुई साताअघि नै निर्देशन दिएको थियो।

















भक्तपुरमा आजैदेखि मतगणना गरिने
काठमाडौं क्षेत्र नं ३ मा ९ बजे सर्वदलीय बैठकपछि मतगणना गर्ने तयारी
अमेरिकी आधारहरूमा आक्रमण बढाउँदै इरान
Iranian drones hit Azerbaijan airport, near school
Israeli strikes killed eight people in south Lebanon : state media
राष्ट्रिय परिचयपत्र वा लाइसेन्स देखाएर पनि मतदान गर्न पाइने
सुरक्षा व्यवस्था चुस्त छ, निर्धक्क भएर मतदान गर्नुस् : सुरक्षा फौज
Why Tech Innovation Is Central to China’s 15th Five-Year Plan
जिल्ला प्रशासन कार्यालय काठमाडौँमा अस्थायी मतदान केन्द्र
जतिसक्दो छिटो बहराइन, जोर्डन र इराक छाड्न आफ्ना नागरिकलाई अमेरिकाको निर्देशन
प्रतिक्रिया