विकास हाइड्रोपावर कम्पनीको सर्वसाधारणमा शेयर निष्काशन

काठमाडौं।प्रभु क्यापिटल लिमिटेड निष्काशन तथा बिक्री प्रबन्धकको २०८२ असार १८ गतेदेखि असार २२ गतेसम्म सार्वजनिक रूपमा निष्काशन खुला गरिएको विकास हाइड्रोपावर कम्पनी लिमिटेडको सर्वसाधारणको लागि निष्काशित २९,४२,७६० कित्ता आवेदन दिने समय खुला गरेको जानकारी गराएको छ ।
कम्पनीले मिति २०८२/०३/२० गतेसम्म १४ लाख ७८ हजार ८३९ जना आवेदकले १ करोड ८२ लाख २४ हजार ३ सय २० कित्ता प्राप्त गरेको छ । सर्वसाधारण शेयरधनीहरूले नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण सी-आश्बा (C-ASBA) सदस्य बैंक तथा वित्तीय संस्थाहरू तथा सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडबाट निर्माण गरिएको सफ्टवेयर “मेरो शेयर” अनलाइन प्रयोग गरी सि-आश्बा प्रणालीमार्फत् आवेदन दिन सकिनेछ ।
हाल विकास हाइड्रोपावर कम्पनी लिमिटेडले प्रबर्द्धन गरेको माथिल्लो माछाखोला साना जलविद्युत आयोजनाको ४.५५ मे.वा. क्षमताको विद्युत मिति २०७९/११/१७ देखि व्यावसायिक उत्पादन गरी राष्ट्रिय प्रशारण लाईनमा जडान गरी बिक्री गरिरहेको कम्पनीले एक प्रेस विज्ञप्ति जारी गरी जनाएको छ ।












निर्वाचन रोक्ने बहाना स्वीकार्य छैनः योगेश भट्टराई
गैरकानुनी रूपमा अन्तरराष्ट्रिय कल बाइपासमा संलग्न राजवंशी पक्राउ
दक्षिण कोरियाका पूर्वराष्ट्रपति युनविरुद्ध पुनः पक्राउ पुर्जी जारी
निर्वाचन ६४ दिन बाँकीः ६४ वटा राजनीतिक दलले पेस गरे समानुपातिकतर्फको बन्दसूची
राप्रपा र राप्रपा नेपालबीच पार्टी एकता
निर्माता करण श्रेष्ठ समानुपातिक उम्मेदवारको सूचीमा
पुस १६ गते बुधवारकाे राशिफल,कस्ताे रहला तपाइकाे आजकाे दिन ?
हामीले आफ्ना कमीकमजोरी पहिचान गरी सुधार्नुपर्छ : प्रचण्ड
प्रतिक्रिया