रुसी आक्रमणपछि ट्रम्पद्वारा नयाँ प्रतिबन्धको सङ्केत

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनमाथि रूसद्वारा हालै गरिएको सबैभन्दा ठूलो ड्रोन र क्षेप्यास्त्र आक्रमणप्रति गम्भीर चिन्ता व्यक्त गरेका छन् । उनले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँगको टेलिफोन वार्तामा प्रतिबन्धबारे गम्भीर छलफल भएको जानकारी दिए ।
युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेंस्कीले ट्रम्पसँग वार्ता गरी सुरक्षा सुदृढ गर्न सहमति भएको बताउनुभयो । रुसी आक्रमणपछि युक्रेनभर हवाई सायरन बजेको थियो र राजधानी किएभसहितका धेरै स्थानमा विस्फोट सुनिएको थियो । युक्रेनी सुरक्षाकर्मीले ५३९ ड्रोन र ११ मिसाइल मध्ये धेरैलाई नष्ट गरेका थिए ।
कीएभमा कम्तीमा २६ जना नागरिक घाइते भएका छन् । पोल्यान्डको किएभस्थित दूतावासमा समेत क्षति पुगेको छ, यद्यपि कर्मचारीहरू सुरक्षित छन् । रुसले आफ्नो उद्देश्यहरू शान्तिपूर्ण तरिकाबाट हासिल गर्न चाहेको बताएको छ । यद्यपि, आवश्यक परे ‘विशेष सैनिक अभियान’ जारी राख्ने जनाएको छ । त्यसैदिन, युक्रेन र रूसबीच बन्दी साटासाट पनि गरिएको छ, जुन अघिल्लो वार्ताको निरन्तरता हो ।
















यार्सा सिजन सुरु भएसँगै अपी हिमालका विद्यालय आइतबारदेखि १५ दिन बन्द
अमेरिकी र इरानी सेनाबीच हर्मुजमा तनाव बढ्यो, युद्धविराम कायम रहेको ट्रम्पको दावी
उपराष्ट्रपति यादव स्वागत समारोहमा
सहकारी क्षेत्रमा देखिएका समस्या समाधान गर्न नयाँ ऐन ल्याइँदै
बाढीपहिरोका कारण अवरुद्ध यी पाँच वटा राजमार्ग सञ्चालन
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया