बागमती प्रदेशसभा बैठक बस्दै

बागमती। बागमती प्रदेशसभाको बैठक आज बस्दैछ । बिहान ८ बजे बस्ने बैठकमा बागमती प्रदेश सरकारद्वारा प्रस्तुत आगामी आर्थिक वर्ष २०८२÷८३ को बजेटमाथि छलफल जारी राख्ने कार्यसूची छ । यही असार १ गते बसेको प्रदेशसभाको बैठकमा प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री कुन्दनराज काफ्लेले आगामी आव २०८२÷८३ को नीति तथा कार्यक्रम कार्यान्वयनका लागि रु ६७ अर्ब ४७ करोड ७३ लाख २७ हजारको बजेट प्रदेशसभा समक्ष प्रस्ताव गरेका थिए। सो बजेटमाथि असार २० गतेदेखि प्रदेशसभा बैठकमा छलफल जारी छ ।
हिजो बसेको प्रदेशसभा बैठकमा २३ जना प्रदेशसभा सदस्यहरुले सरकारद्वारा प्रस्तुत बजेटमाथि आफ्ना धारणा राख्नुभएको थियो । प्रदेशसभा सचिवालयका सचिव रामकुमार पौडेलका अनुसार बोल्न बाँकी प्रदेशसभा सदस्यहरुले आज बोल्नुहुने कार्यसूची छ । बजेट वक्तव्यमाथि छलफल गरेर विनियोजन विधेयक पेस गरेपनि प्रतिपक्षी दलले बजेटको पूरक प्रस्ताव माग गरेपछि स्थगित भएको थियो ।
शनिबार बिहानै दलहरुबीच छलफल गरेपनि सहमति जुट्न नसकेपछि अन्ततः सरकारले शनिबार साँझ प्रदेशसभामा बजेटको पूरक प्रस्ताव दर्ता गराएको थियो । यसैबीच नेपाली कांग्रेस संसदीय दलले आफ्ना प्रदेशसभा सदस्यलाई ह्वीप जारी गरेको छ । संसदीय दलका प्रमुख सचेतक गोविन्द लम्सालले प्रदेशसभा बैठकमा अनिवार्य रूपमा उपस्थित हुन र पार्टीको निर्देशनअनुसार मतदान गर्न निर्देशन दिएका छन् ।
















दश बुँदे घोषणापत्र जारी गदैर्ए ‘बन्दीपुर गाउँ पर्यटन मार्ट २०८३’ सम्पन्न
भारतबाट सामान ल्याउँदा भन्सार तिर्नुपर्ने निर्णयपछि नेपाली बजार चलायमान बन्दै
नोबेल पुरस्कार विजेता नर्गिस मोहम्मदी अस्पतालमा भर्ना
डिजिटल रूपान्तरणमा चीनको बढ्दो प्रभाव
सुनसरीमा हुरीले मकैखेतीमा क्षति
प्रधानमन्त्री रहमान द्वारा ढाकालाई स्वच्छ सहर बनाउने लक्ष्यसहित १२ बुँदे योजना सार्वजनिक
आशिष निर्माण सेवाका सञ्चालक गौली पक्राउ
अतिक्रमित जग्गामा बनाइएका घरटहरा खाली गर्न आग्रह
सर्पले टोकेको फलफूल-तरकारी विषालु हुन्छ ?
निजामती कर्मचारीको तलब १५ दिनमा भुक्तानी सुरु
प्रतिक्रिया