मंगलबार, वैशाख २२, २०८३

कुलिङ पिरियड चलखेल छानबिन गर्न समिति गठन, कुन दलबाट को ?

मेरोन्यूज २०८२ असार २३ गते १५:१०

काठमाडाैं। निजामती सेवा विधेयकमा व्यवस्था भएको कुलिङ पिरियडबारे हेरफेरकाे विषयलाई लिएर संसदीय छानबिन समिति गठन भएको छ।

Advertisement
NiccNicc

समितिको नाम ‘संघीय निजामती सेवा विधेयकको प्रतिवेदनमा भएको त्रुटि छानबिन विशेष समिति’ भन्ने राखिएको छ।

नेपाली कांग्रेस र नेकपा (एमाले) बाट दुई-दुई जना सदस्य र माओवादी केन्द्र, रास्वपा र राप्रपाबाट एक-एक जना रहने गरी सोमबार समिति गठन भएको हो।

७ सदस्यीय समितिमा कांग्रेसबाट जीवन परियार र सुशीला थिङ, एमालेबाट‍‍‍‍‍ नारायणप्रसाद आचार्य र ईश्वरी घर्ती, माओवादीबाट माधव सापकोटा, रास्वपाबाट गणेश पराजुली, राप्रपाबाट रोशन कार्की सदस्य रहनेछन् ।

कांग्रेसले नेतृत्व गर्ने यो समितिलाई छानबिनका लागि २१ दिनको समय दिइएकाे छ ।

प्रतिक्रिया