थापाथलीमा खुल्यो प्रोटोन इमासको शोरूम

काठमाडौं । शङ्कर ग्रुपको जगदम्बा मोटर्सले काठमाडौंको अटोमोटिभ हब रहेको थापाथलीमा प्रोटोन इमासको आफ्नो नयाँ शोरूमको भव्य उद्घाटन गरेको छ ।
शोरूमको उद्घाटन प्रोटोन इमासका ग्राहक गायक तथा संगीत निर्माता ब्रिजेश श्रेष्ठ र जगदमाबा मोटर्सका कार्यकारी निर्देशक अखिल गुप्ता, जगदम्बा मोटर्सका वरिष्ठ उपाध्यक्ष श्री राजु भेटवाल र अभिनेत्री तथा निर्माता केकी अधिकारीले गरे ।
‘हामी थापाथलीमा शोरूम खोल्न पाउँदा हर्षित छौं, जुन हामीले आगामी वर्ष स्थापना गर्ने योजना बनाएका धेरै शोरूमहरूमध्ये यो पहिलो हो,’ जगदम्बा मोटर्सका कार्यकारी निर्देशक अखिल गुप्ताले भने, ’हाम्रो उद्देश्य जगदम्बा मोटर्सबाट लगभग २५ प्रोटोन इमास शोरूम खोल्ने हो । यी शोरूमहरू कम्पनीको स्वामित्वमा रहेने र कम्पनीद्वारा सञ्चालित हुनेछन्, ताकि प्रत्येक ग्राहकले प्रोटोन इमास छनौट गर्दा उत्कृष्ट सेवा र अनुभव प्राप्त गर्न सकून् ।’
कार्यक्रममा ब्रिजेश श्रेष्ठले इमास मोडेलसँगको आफ्नो अनुभव र सन्तुष्टि साझा गर्दै भने, ’यो मेरो र मेरो परिवारको लागि उत्तम गाडी हो, यसको ड्राइभिङ अनुभव अरू कसैसँग तुलना गर्न सकिँदैन र साँच्चै विद्युतीय सवारी हो ।’
शोरूम उद्घाटनको विशेष कार्यक्रममा कम्पनीले नेपाली बजारमा आफ्नो विश्वास प्रदर्शन गर्दै प्रोटोन इमास–७ पाँच ग्राहकलाई हस्तान्तरण गरेको थियो ।
यी हस्तान्तरणमध्ये ब्रान्डकी नयाँ ग्राहक अभिनेत्री केकी अधिकारीले भनिन्, ‘मैले गाडी चलाउनेबित्तिकै मलाई यो गाडी मन पर्यो, मैले यसलाई नेपालमा शङ्कर ग्रुपले ल्याएको थाहा पाएपछि नै यो किन्ने निर्णय गरेँ ।’
यो कथनले साँच्चै नै प्रोटन इमास चाँडै नै नेपालका ईभी पारखीहरूमाझ मनपर्ने र रोजाइको ब्राण्ड बन्ने सङ्केत गरेको छ ।
















यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
मौसम पूर्वानुमान : मेघगर्जनसहित भारी वर्षाको सम्भावना
आज वैशाख २१ गते सोमबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
अमेरिकालाई पठाइएको इरानको नयाँ प्रस्तावमा के छ ?
खारेज भयो निजामती कर्मचारीको ट्रेड युनियन
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
राष्ट्रपतिद्वारा सम्पत्ति शुद्धीकरण अध्यादेश जारी
सुनचाँदीको मूल्य वृद्धि, आजको कारोबारको मूल्य कति ?
सशस्त्र प्रहरी महानिरीक्षक अर्यालको फौजी परम्पराअनुसार बिदाइ
सिरहा बम विस्फोट घटनाका अभियुक्त यादव पुर्पक्षका लागि कारागार चलान
प्रतिक्रिया