सोमबार, वैशाख २१, २०८३

नेपालमा पारिवारिक स्कुटर ‘रिज्ता’ सार्वजनिक गर्दै एथर एनर्जी

मेरोन्यूज २०८२ असार २३ गते २०:५१

काठमाडौँ। नेपालको अग्रणी इलेक्ट्रिक स्कुटर ब्रान्ड एयर एनर्जी ले बहुप्रतीक्षित एथर रिज्ता स्कुटर नेपालमा सार्वजनिक गर्ने तयारी गरेको छ। यो आधुनिक, पारिवारिक र स्मार्ट सुविधायुक्त इलेक्ट्रिक स्कुटर आउँदो भदौ २०८२ को NAIMA नेपाल मोबिलिटी एक्स्पो २०२५ (अगस्ट ६–१०) मा भृकुटीमण्डप, काठमाडौं मा सार्वजनिक गरिनेछ।

Advertisement
NiccNicc

एथर रिज्ता: नेपाली परिवेश अनुसार डिजाइन गरिएको स्मार्ट स्कुटर

एयर ४१० सिरिजको सफलतापछि, एथर रिज्ता नेपाली बजारका लागि कम्पनीको अर्को ठूलो कदम हो। भारतीय बजारमा वर्षकै १ लाखभन्दा बढी युनिट बिक्री भएको यस स्कुटरलाई अब नेपालमा अनुकूल गरिँदैछ – जहाँ नेपाली परिवार, नेपाली सडक, र स्थानीय संस्कृतिलाई मध्यनजर गरि फिचरहरू सुधार गरिएको छ।

यसमा रहेको १५९ किमि रेन्ज, ३४ लिटरको विशाल स्टोरेज, र सेग्मेन्टकै सबैभन्दा लामो सिट दैनिक तथा पारिवारिक यात्राका लागि अत्यन्त उपयुक्त मानिन्छ। साथै, IP67 ब्याट्री रेटिङ र ५ वर्षको वारन्टीले स्कुटरको दीर्घकालीन विश्वसनीयता सुनिश्चित गर्छ।

स्मार्ट विशेषताहरू:

७ इन्चको टचस्क्रिन प्यानल

गुगल म्याप्स राइड गाइडेन्स

म्युजिक तथा कल म्यानेजमेन्ट सिस्टम

स्किड कन्ट्रोल, OTA अपडेट, तथा स्मार्ट मोटर फिचर

४.३ किलोवाट मोटरद्वारा तीव्र गति र सहज नियन्त्रण

IP67 रेटेड ब्याट्री र ५ वर्षको वारेन्टी

६ वटा एयर एनर्जी सर्भिस सेन्टरद्वारा सेवा उपलब्ध

एयर एनर्जीले काठमाडौं, पोखरा, बुटवल, इटहरी लगायतका स्थानहरूमा ८ वटा एक्स्पेरियन्स सेन्टर, ६ वटा सर्भिस सेन्टर, र २२१ वटा फास्ट चार्जिङ बिन्दु स्थापना गरिसकेको छ। एथर रिज्ता सार्वजनिकसँगै कम्पनीले नेपालको दिगो इलेक्ट्रिक मोबिलिटी भविष्यलाई थप बल दिने विश्वास व्यक्त गरेको छ।

पारिवारिक प्रयोग, प्रीमियम अनुभव

“एथर रिज्ता केवल स्कुटर होइन, यो नेपाली परिवारका लागि विद्युतीय यात्राको सुरुवात हो,” एयर एनर्जीका प्रवक्ताले बताए। “भारतमा अत्यधिक सफल भएको रिज्ताले अब नेपाली उपभोक्तालाई अन्तर्राष्ट्रिय स्तरको स्कुटर अनुभव दिनेछ।”

NAIMA एक्स्पोमा सार्वजनिक भएको केही दिनमै रिज्ताको बुकिङ खुल्नेछ र यो स्कुटर यसै वर्ष नेपालभर उपलब्ध गराइने योजना कम्पनीले सार्वजनिक गरेको छ।

प्रतिक्रिया