त्रिशूली नदीको छुट्टाछुट्टै ठाउँमा दुई शव भेटिए

मलेखु (धादिङ)। त्रिशूली नदीको उपल्लो भूभाग नुवाकोट तर्फबाट आएको बाढीले त्रिशूली नदीमा बहाव बढेसँगै धादिङको छुट्टाछुट्टै स्थानमा दुई जनाको शव भेटिएको छ । गजुरी गाउँपालिका–६ बेल्खुमा र गल्छी गाउँपालिका–२ केउरेनीमा शव भेटिएका हुन् । दुवै शव पुरुषको रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सुवास हमालले जानकारी दिए ।
बिहानैदेखि त्रिशूली नदीमा पानीको बहाव अत्यधिक बढेको छ । धादिङको बेनिघाट रोराङ गाउँपालिका–७ स्थित त्रिशूली किनारमा जलाउँदै गरेको एउटा शव पनि नदीले बगाएको छ । शवदाहको बेला अकस्मात आएको बाढीले चितासहित शव बगाएको स्थानीय कुमार बस्नेतले जानकारी दिए ।
जिल्ला प्रशासन कार्यालय धादिङ, नुवाकोट र रसुवाले संयुक्त रूपमा जारी गरेको सूचनामा यही असार २३ गते राति भारी वर्षासँगै त्रिशूली नदीको शिर क्षेत्रमा पानीको बहाव उच्च हुँदै गएकाले नदी किनारका बासिन्दालाई विशेष सतर्कता अपनाउन अनुरोध गरिएको छ । सम्भावित बाढी, पहिरो वा अन्य प्राकृतिक विपद्का घटनाबारे नजिकैको सुरक्षा निकायलाई तुरुन्तै जानकारी गराउन पनि अनुरोध गरिएको छ ।
















चक्रपथ विस्तार गर्न चीनले ११ अर्ब अनुदान दिने
खातामा प्यान र ईमेल ठेगाना अद्यावधिक गर्न एनआईसी बैंकको आग्रह
कमलादेवी पन्त कांग्रेस राष्ट्रियसभा संसदीय दलको नेतामा मनोनीत
इरान प्रस्तावमा अमेरिकाकाे आशंका, युद्ध अन्त्य अनिश्चित
काठमाडौँमा २४ घण्टामा २७२२ सवारी चालकमाथि कारबाही, २७ लाख राजश्व संकलन
इरानका राष्ट्रपतिले भने – दबाबमा परेर वार्ता गर्दैनौं
निजामती सेवा ऐनको मस्यौदामा निजामती ट्रेड युनियनहरूको आपत्ति : आन्दोलनको घोषणा
सरकारले सुकुम्बासीमाथि कारबाही गर्दा पूर्वतयारी नपुगेको महसुस भयाे : महामन्त्री पौडेल
यस्तो छ आज विदेशी मुद्राको विनिमयदर
नेकपाका सात प्रदेश इन्चार्ज चयन : पूर्व माओवादीबाट दुई मात्रै
प्रतिक्रिया