रवि लामिछाने पनि भिजिट भिसामै अमेरिका गएकाे सुनेकाे छु : गृहमन्त्री

काठमाडौँ । गृहमन्त्री रमेश लेखकले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति पूर्व गृहमन्त्री रवि लामिछाने पनि संयुक्त राज्य अमेरिकामा भिजिट भिसामा गएको सुनेको बताएका छन् ।
प्रतिनिधिसभा बैठकमा बुधबार गृहमन्त्री लेखकले सत्य तथ्य के हो जानकारी गराइदिन जानकार सांसदहरूलाई आग्रह गरेका छन् ।
‘माननीय रवि लामिछाने जी जो सम्मानित सदनको सदस्य पनि हुनुहुन्थयो । उहाँ कुनै समय संयुक्त राज्य अमेरिकामा भिजिटरको रुपमा जानुभएको थियो अरे, भन्ने सुनेको थिएँ । उहाँ भिजिटरको रुपमा अमेरिका जानुभएको हो कि होइन ?,’ गृहमन्त्री लेखकले भनेका छन्, ‘भिजिट भिसा वा भिजिटर अथवा निश्चित केही समय अर्को देश बसेर फर्केर आएको भिसामा जानुभएको । होइन भने के भिसामा जानुभएको हो त्यो जानकारी गराउनुहुन आग्रह गर्दछु ।’
उनले भिजिट भिसामै गएको भए सोही देशको नागरिकता लिएर बस्न पाइन्छ कि पाइँदैन ? भन्दै प्रश्न समेत गरेका छन्।
















प्रतिनिधिसभा निर्वाचन ३८ दिन बाँकीः संयुक्त निर्वाचन सञ्चालन केन्द्रले थाल्यो काम
आज कुन विदेशी मुद्राको विनिमयदर कति ?
कस्ताे रहला आज देशभरकाे माैसम ?
आज माघ १२ गते सोमबार, कस्ताे रहला तपाइकाे राशिफल राशिफल ?
महावीर पुनको चुनाव चिह्न ‘त्रिभुज’
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु
बाबुरामसहित ४९ जनाले लिए उम्मेदवारी फिर्ता
कांग्रेस बदल्यौँ, अब देश बदल्छौँ : सभापति थापा
मनाङमा एमाले र राप्रपाका उम्मेदवारले फिर्ता लिए उम्मेदवारी
प्रतिक्रिया