कांग्रेस अनुशासन समितिको कारबाही अवैधानिक भएकाे शेखर समूहकाे निष्कर्ष

काठमाडाैं । नेपाली कांग्रेसको शेखर कोइराला समूहले पार्टीका नेताहरूमाथि गरिएको अनुशासनको कारबाही अवैधानिक भएको निष्कर्ष निकालेको छ ।
बिहिबार बालुवाटारस्थित कोइरालाको सम्पर्क कार्यालयमा बसेको पार्टीको अनुशासन समितिको बैठकले बहुमतका आधारमा पार्टीका नेताहरूमाथि गरेक कारबाही पक्षपाती र गुटप्रेरित भएको निष्कर्ष निकालेकाे हाे ।
बैठकले पार्टीभित्रको अर्को पक्षलाई किनारा लगाउने उद्देश्यले नेताहरूमाथि कारबाहीको डण्डा चलाइएको निष्कर्ष निकालेको उनले बताए । ‘यो निर्णय बहुमत र अल्पमतका आधारमा गरिएको छ । पाँचमध्ये दुई जना सदस्यले निर्णयमा नोटअफ डिसेन्ट लेख्नुभएको छ,’ उनले भने, ‘त्यसैले समितिको निर्णय पार्टीभित्रको अर्को पक्षलाई किनारा लगाउने उद्देश्यबाट प्रेरित छ ।’ अनुशासन समितिको निर्णयमा कोइराला समूहका नेताहरू सञ्जय गौतम र राजीव कोइरालाले नोट अफ डिसेन्ट लेखेका छन् ।
बैठकले प्रतिस्पर्धी समूहलाई पाखा लगाउने र पेल्ने प्रयत्न भएकाले त्यसको प्रतिवाद गर्ने पनि निर्णय गरेको छ । अनुशासनको कारबाही प्रक्रिया अघि नबढाउन नेता कोइरालासहितका नेताहरूले सभापति शेरबहादुर देउवालाई भेटेर ध्यानाकर्षण गराउने निर्णय भएकाे बताइएकाे छ ।
















भारतको विधानसभा निर्वाचन : उलटफेर परिणाम
प्रधानमन्त्री बालेन भन्छन्- विद्यार्थी र कर्मचारी संगठनहरू दलको ‘स्लिपर सेल’ भए
ओमान विरुद्ध ब्याटिङ गर्दै नेपाल, दुई खेलाडी परिवर्तन
रोशी खोलामा फसेका ८९ यात्रुको उद्धार
दुई अमेरिकी युद्धपोतले इरानी आक्रमणका बीच पार गरे होर्मुज जलमार्ग
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
विवादपछी अमेरिकाले जर्मनीबाट पाँच हजार सेना फिर्ता गर्दै
बालेनलाई ज्ञवालीको प्रश्न: बागमती किनारमा बगिरहेका आँशुले कसरी नेपाल हाँसिरहेको देखिन्छ?
इरानको तेल किन्ने कम्पनीहरूमाथि अमेरिकाले लगाएको प्रतिबन्ध चीनद्वरा खारेज
कांग्रेसले बोलायो केन्द्रीय कार्यसम्पादन समितिको बैठक
प्रतिक्रिया