कांग्रेस अनुशासन समितिको कारबाही अवैधानिक भएकाे शेखर समूहकाे निष्कर्ष

काठमाडाैं । नेपाली कांग्रेसको शेखर कोइराला समूहले पार्टीका नेताहरूमाथि गरिएको अनुशासनको कारबाही अवैधानिक भएको निष्कर्ष निकालेको छ ।
बिहिबार बालुवाटारस्थित कोइरालाको सम्पर्क कार्यालयमा बसेको पार्टीको अनुशासन समितिको बैठकले बहुमतका आधारमा पार्टीका नेताहरूमाथि गरेक कारबाही पक्षपाती र गुटप्रेरित भएको निष्कर्ष निकालेकाे हाे ।
बैठकले पार्टीभित्रको अर्को पक्षलाई किनारा लगाउने उद्देश्यले नेताहरूमाथि कारबाहीको डण्डा चलाइएको निष्कर्ष निकालेको उनले बताए । ‘यो निर्णय बहुमत र अल्पमतका आधारमा गरिएको छ । पाँचमध्ये दुई जना सदस्यले निर्णयमा नोटअफ डिसेन्ट लेख्नुभएको छ,’ उनले भने, ‘त्यसैले समितिको निर्णय पार्टीभित्रको अर्को पक्षलाई किनारा लगाउने उद्देश्यबाट प्रेरित छ ।’ अनुशासन समितिको निर्णयमा कोइराला समूहका नेताहरू सञ्जय गौतम र राजीव कोइरालाले नोट अफ डिसेन्ट लेखेका छन् ।
बैठकले प्रतिस्पर्धी समूहलाई पाखा लगाउने र पेल्ने प्रयत्न भएकाले त्यसको प्रतिवाद गर्ने पनि निर्णय गरेको छ । अनुशासनको कारबाही प्रक्रिया अघि नबढाउन नेता कोइरालासहितका नेताहरूले सभापति शेरबहादुर देउवालाई भेटेर ध्यानाकर्षण गराउने निर्णय भएकाे बताइएकाे छ ।














पूर्वप्रधानमन्त्री हसिनाको सम्बोधनलाई लिएर बङ्गलादेशद्वारा भारतको आलोचना
नेशनल लाईफको सीईओ क्लब सदस्य सम्मान कार्यक्रम सम्पन्न
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु
महावीर पुनको चुनाव चिह्न ‘त्रिभुज’
बाबुरामसहित ४९ जनाले लिए उम्मेदवारी फिर्ता
कांग्रेस बदल्यौँ, अब देश बदल्छौँ : सभापति थापा
प्रतिक्रिया