नासा नेपालको प्रथम सल्लाहकार समिति बैठक सम्पन्न

काठमाडौं । नेपाल अटोमोबाइल्स एसोसिएसन केन्द्रीय सल्लाहकार समिति (एड्भाईजरी बोर्ड) को प्रथम बैठक बसेको छ । संघका अध्यक्ष दशरथ रिसालको अध्यक्षतामा होटल रोयल टुलिप ग्वार्कोमा सम्पन्न भएको हो ।
संघको एडभाईजरी बोर्ड सदस्यहरु डा धनञ्जय रेग्मी, अनिल भण्डारी, ठाकुरप्रसाद न्यौपाने, रितु भट्ट, अच्युत गुरागाई, शिवहरि सापकोटा तथा नासा फाउण्डेशन नेपालका संयोजक कृष्ण सिंह बस्नेत समेतको आजको बैठकमा सहभागी थिए । संघको उपाध्यक्ष सिताराम न्यौपाने, सचिव दिप्रश शाक्य लगायतका पदाधिकारीको उपस्थितिमा सम्पन्न सो बैठकले विभिन्न प्रस्तावहरु पारित गरेको छ ।
संघले चालु आवमा सम्पन्न गरेका स्पोटर््स ईभेन्टहरु, सेफर मोविलिटि तथा टुरिजम सम्बन्धि कार्यक्रमहरु, मार्शल/एथलेट्स सम्बन्धि तालिमहरु तथा विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सहभागीता सम्बन्धि रिपोर्ट प्रस्तुति र पारित गरिएको सो बैठकमा सोही क्षेत्रमा गरिने आगामी कार्ययोजना समेतको लागी सुझाव सङ्कलन गरिएको थियो । संघको कार्यविभाजन सम्बन्धि संसोधित प्रस्ताव र संघ तथा कार्यसमितिको उपलब्धि र कमिकमजोरीको बारेमा समेत छलफल गरी सुधार गर्ने प्रतिबद्धता व्यक्त गरिएको छ ।
संघले निकट भविष्यमा शुरु गर्ने मोटरिङ एकेडेमी, पर्यटकिय परियोजनाहरु तथा पोलिसी डायलग फर अटोमोबाइल एण्ड बेटर मोविलिटी सम्बन्धि नितिगत सम्मेलनको बारेमा समेत विशेष छलफल गरिएको हो । एड्भाईजरी बोर्डद्वारा पारित प्रस्ताव तथा सुझावलाई संघको ११ औँ साधारण सभाद्वारा अनुमोदन गर्ने गरी यथासक्य छिटो कार्यान्वयन गरिनेछ ।
















मौसम पूर्वानुमान : मेघगर्जनसहित भारी वर्षाको सम्भावना
आज वैशाख २१ गते सोमबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
अमेरिकालाई पठाइएको इरानको नयाँ प्रस्तावमा के छ ?
खारेज भयो निजामती कर्मचारीको ट्रेड युनियन
लिपुलेक हुँदै कैलाश मानसरोवर यात्राको विरोधमा सरकारले पठायो भारत–चीनलाई पत्र
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
राष्ट्रपतिद्वारा सम्पत्ति शुद्धीकरण अध्यादेश जारी
सुनचाँदीको मूल्य वृद्धि, आजको कारोबारको मूल्य कति ?
सशस्त्र प्रहरी महानिरीक्षक अर्यालको फौजी परम्पराअनुसार बिदाइ
सिरहा बम विस्फोट घटनाका अभियुक्त यादव पुर्पक्षका लागि कारागार चलान
प्रतिक्रिया