नासा नेपालको प्रथम सल्लाहकार समिति बैठक सम्पन्न

काठमाडौं । नेपाल अटोमोबाइल्स एसोसिएसन केन्द्रीय सल्लाहकार समिति (एड्भाईजरी बोर्ड) को प्रथम बैठक बसेको छ । संघका अध्यक्ष दशरथ रिसालको अध्यक्षतामा होटल रोयल टुलिप ग्वार्कोमा सम्पन्न भएको हो ।
संघको एडभाईजरी बोर्ड सदस्यहरु डा धनञ्जय रेग्मी, अनिल भण्डारी, ठाकुरप्रसाद न्यौपाने, रितु भट्ट, अच्युत गुरागाई, शिवहरि सापकोटा तथा नासा फाउण्डेशन नेपालका संयोजक कृष्ण सिंह बस्नेत समेतको आजको बैठकमा सहभागी थिए । संघको उपाध्यक्ष सिताराम न्यौपाने, सचिव दिप्रश शाक्य लगायतका पदाधिकारीको उपस्थितिमा सम्पन्न सो बैठकले विभिन्न प्रस्तावहरु पारित गरेको छ ।
संघले चालु आवमा सम्पन्न गरेका स्पोटर््स ईभेन्टहरु, सेफर मोविलिटि तथा टुरिजम सम्बन्धि कार्यक्रमहरु, मार्शल/एथलेट्स सम्बन्धि तालिमहरु तथा विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सहभागीता सम्बन्धि रिपोर्ट प्रस्तुति र पारित गरिएको सो बैठकमा सोही क्षेत्रमा गरिने आगामी कार्ययोजना समेतको लागी सुझाव सङ्कलन गरिएको थियो । संघको कार्यविभाजन सम्बन्धि संसोधित प्रस्ताव र संघ तथा कार्यसमितिको उपलब्धि र कमिकमजोरीको बारेमा समेत छलफल गरी सुधार गर्ने प्रतिबद्धता व्यक्त गरिएको छ ।
संघले निकट भविष्यमा शुरु गर्ने मोटरिङ एकेडेमी, पर्यटकिय परियोजनाहरु तथा पोलिसी डायलग फर अटोमोबाइल एण्ड बेटर मोविलिटी सम्बन्धि नितिगत सम्मेलनको बारेमा समेत विशेष छलफल गरिएको हो । एड्भाईजरी बोर्डद्वारा पारित प्रस्ताव तथा सुझावलाई संघको ११ औँ साधारण सभाद्वारा अनुमोदन गर्ने गरी यथासक्य छिटो कार्यान्वयन गरिनेछ ।













आजदेखि एकमहिने स्वस्थानी व्रत र माघ स्नान सुरु
बुद्ध एयर जहाज दुर्घटना अपडेट : सहचालक सहित सात यात्रु सामान्य घाइते
विदेशी मुद्राको विनिमयदर: अमेरिकी डलरको भाउ निरन्तर उकालो
पुस १९ गते शनिबारकाे राशिफल,कस्ताे रहला तपाइकाे आजकाे दिन ?
निर्वाचन रोक्ने बहाना स्वीकार्य छैनः योगेश भट्टराई
निर्वाचन ६४ दिन बाँकीः ६४ वटा राजनीतिक दलले पेस गरे समानुपातिकतर्फको बन्दसूची
राप्रपा र राप्रपा नेपालबीच पार्टी एकता
निर्माता करण श्रेष्ठ समानुपातिक उम्मेदवारको सूचीमा
हामीले आफ्ना कमीकमजोरी पहिचान गरी सुधार्नुपर्छ : प्रचण्ड
रास्वपाले समानुपातिक उम्मेदवारको बन्दसूची सच्याउने
प्रतिक्रिया