शनिबार, पुष १९, २०८२

आइतबार कतिमा किनबेच हुँदैछ सुन ?

मेरोन्यूज २०८२ असार २९ गते ११:३९

काठमाडौँ । नेपाली बजारमा आइतबार सुनको मूल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार तोलामा १ लाख ९१ हजार ८०० रुपैयाँ कायम भएको छापावाल सुन आइतबार बढेर तोलामा १ लाख ९२ हजार ९०० रुपैयाँ कायम भएको हो ।

जस अनुसार आइतबार छापावाल सुनको मूल्य तोलामा १ हजार १०० रुपैयाँ वृद्धि भएको हो ।

यस्तै आइतबार चाँदीको मूल्य तोलामा २ हजार २८५ रुपैयाँ पुगेको छ । शुक्रबार भने चाँदी तोलामा २ हजार २२० रुपैयाँमा कारोबार भएको थियो ।

प्रतिक्रिया