मंगलबार, वैशाख २२, २०८३

राप्रपाको असन्तुष्ट समूह निर्वाचन आयोगमा

मेरोन्यूज २०८२ असार २९ गते १२:०४

काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का असन्तुष्ट नेताहरू निर्वाचन आयोग पुगेका छन् ।

Advertisement
NiccNicc

असार २५ गते पार्टी अध्यक्ष राजेन्द्र लिङदेनले केन्द्रीय अनुशासन समितिका अध्यक्ष नवराज सुवेदी र प्रवक्ता सगुन सुन्दर लावतीको जिम्मेवारी खोसिदिएका थिए । उपाध्यक्ष रोशन कार्कीलाई अनुशासन समितिको अध्यक्ष मनोनयन गरेका थिए ।

शनिबार भएको छुट्टै भेलाको निर्णय अनुसार संस्थापनइतर समूह निर्वाचन आयोग पुगेको हो। शनिबारको भेलाले अध्यक्ष लिङ्देनका पछिल्ला काम–कारबाही प्रक्रिया संगत नभएको आरोप लगाउँदै जिम्मेवारीबाट पदमुक्त गर्ने निर्णयविरुद्ध आयोग जाने निर्णय गरेको थियो।

प्रतिक्रिया