सिरहामा दुई क्विन्टलभन्दा बढी गाँजासहित युवक पक्राउ
मेरोन्यूज
२०८२ असार २९ गते १३:१६

सिरहा। सिरहामा दुई क्विन्टलभन्दा बढी गाँजासहित एक जना युवक पक्राउ परेका छन् ।
औरही गाउँपालिका–५ स्थित मलाह टोलबाट दुई क्विन्टलभन्दा बढी अवैध लागुऔषध गाँजासहित स्थानीय २३ वर्षीय राम उदगार मलाह पक्राउ परेका हुन् । प्रहरीका अनुसार विशेष सूचनाका आधारमा लागुऔषध गाँजा बोक्दै गरेको अवस्थामा मलाहलाई नियन्त्रणमा लिइएको हो ।
सूचना अधिकारी पासवानका अनुसार मलाहलाई प्र २–०१–००३प २१५४ नम्बरको मोटरसाइकलसहित नियन्त्रणमा लिइएको हो । उनलाई पक्राउ गर्ने क्रममा प्रहरीले सातवटा पोकामा राखिएको २१२ किलो ९२५ ग्राम गाँजा फेला पारेको हो ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
सम्बन्धित
















काठमाडौँ महानगरको निर्देशनपछि बसपार्कबाट सञ्चालन हुन थाले धादिङ र नुवाकोटका बस
चितवन राष्ट्रिय निकुञ्जद्वारा अतिक्रमित क्षेत्र खाली गर्न पन्ध्र दिने सूचना जारी
अब काठमाडौँमा पनि हुलाकमार्फत घरमै राहदानी वितरण हुने
जनताको चाहना र भूगोललाई हेरेर नीति बन्नुपर्छ मुख्यमन्त्री बानियाँ
ट्रम्प सहभागि कार्यक्रममा गोली चलेपछिको भागदौड (फोटोफिचर)
ह्वाइट हाउस करेस्पोन्डेन्ट्स डिनरमा गोली चल्यो, राष्ट्रपति ट्रम्पलाई सुरक्षित स्थानमा सारियो
पश्चिमी वायुको प्रभाव : आज सातै प्रदेशका विभिन्न स्थानमा चट्याङ्गसहित वर्षाको सम्भावना
इरानका राष्ट्रपतिले भने – दबाबमा परेर वार्ता गर्दैनौं
प्रतिक्रिया