सीताराम डेरीद्वारा सुरक्षा निकायलाई लाईफ ज्याकेट वितरण

काठमाडौं । बाढी पहिरो जस्ता विपतहरु सुचना दिएर आउँदैन्, विपद् न्यूनिकरणका लागि पूर्व तयारी नै महत्वपूर्ण हुन्छ । यस्ता घटनाहरुको न्युनीकरण गर्न पुर्व तयारी आवश्यक हुने भन्दै सीताराम डेरी र किर्तीपुर नगरपालिका वडा न ४ को समन्वयमा नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई शुक्रवार लाइफ ज्याकेट वितरण गरिएको छ ।
जिवन रक्षा नै मानवीय धर्म मानिने हाम्रो संस्कारलाई चलायमान गर्न विपतमा सुरक्षाकर्मीको मात्रै होइन सबैको दायित्व रहने भन्दै निजी क्षेत्रबाट गरिएको यस्ता सहयोगले समुदायमा एउटा सकारात्मक सन्देश प्रदान गर्ने यस कार्यक्रमले स्पष्ट गराउँछ ।
नेपालको भौगोलिक अवस्था र्नै पुर्वतयारी योग्य छ । यहाँ पहिरो, बाढि, हिमपात तिनैवटा कुराले जाखिम क्षेत्र मानिन्छ भने यस्तो विपतको समयमा सरक्षाकर्मीलाई उद्धार गर्न सहज वातावरण निर्माण गर्न केडिया फाउण्डेसन तथा सीताराम डेरीले विगत देखीनै उद्धार सामाग्रीहरु सुरक्षा निकायलाई हस्तान्तरण गरिसकेको छ । यो नै उद्धार कार्य सुरक्षित बनाउने पहिलो कदम पनि हो ।
कार्यक्रममा प्रदेश सभा सदस्य पुकार मर्हजन, किर्तिपुर नगरपालिका प्रमुख कृष्ण्मान डंगोल ,नेपाल स्वास्थ्य स्वयंमसेवीका का अध्यक्ष निरकुमारी मर्हजन, वडा नं. ४ का वडाअध्यक्ष राजेन्द्र बानिया, प्रहरी नायव निरीक्षक ओम राणा, सशस्त्र प्रहरी नायव निरीक्षक कमल गिरी तथा नेपाल सशस्त्र प्रहरी विधालयका प्रधानाध्यापक युवराज पराजुली लगायत सशस्त्र प्रहरी जवान सशस्त्र प्रहरी विधालयका विधार्थीहरु , शिक्षक÷शिक्षिकाहरुको उपस्थितीमा सुरक्षा निकायलाई लाइफ ज्याकेट हस्तान्तरण गरि कार्यक्रम समापन भएको थियो ।
















कर्मचारीले इन्धन दुरुपयोगको गरेको आरोप स्वास्थ्यमन्त्रीले लगाएपछी मन्त्रालयले भन्यो- दुरुपयोग भएको छैन
सुकुम्बासी देखी लिपुलेकसम्म यस्ता छन् कांग्रेस बैठकका ७ निर्णय
अमेरिकी जहाजलाई इरानले होर्मुजमा गर्यो आक्रमण
विश्वकै व्यस्त मानिने दुबई विमानस्थलमा यात्रुको सङ्ख्यामा ६६ प्रतिशतको गिरावट
नेपाललाई तेक्वान्दोमा चार स्वर्ण पदक
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
नारायणगढ–बुटवल सडकः दाउन्नेमा एकतर्फी ढलानको काम सकियो
वैशाख १९ गते शनिबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
मौसम पूर्वानुमान : केही यी स्थानमा मध्यम वर्षा तथा हिमपातको सम्भावना
विवादपछी अमेरिकाले जर्मनीबाट पाँच हजार सेना फिर्ता गर्दै
प्रतिक्रिया