बिगबोस फेम ताजिकास्तानी गायक अब्दु रोजिक दुबईमा प्रकाउ

मुम्बई। बिग बोस फेम तथा ताजिकिस्तानी गायक तथा सोशल मिडिया स्टार अब्दु रोजिकलाई शनिबार दुबई अन्तर्राष्ट्रिय विमानस्थलमा पक्राउ गरिएको छ ।
खलीज टाइम्सको रिपोर्टका अनुसार अब्दुलाई मोन्टेनेग्रोबाट दुबई आइपुग्दा पक्राउ गरिएको थियो।
तर, अब्दुलाई के कारणले पक्राउ गरिएको हो भन्ने बारेमा भने अहिलेसम्म सार्वजनिक भएको छैन । दुबईका अधिकारीहरूले यस विषयमा कुनै आधिकारिक बयान जारी गरेका छैनन्।
तर, अब्दु रोगिकको व्यवस्थापन कम्पनीले उनलाई चोरीको आरोपमा पक्राउ गरिएको पुष्टि गरेको छ । कम्पनीले यस विषयमा थप जानकारी दिन अस्वीकार गरेको छ ।
अब्दु रोजिक एक प्रसिद्ध ताजिकिस्तानी गायक र सोशल मिडिया प्रभावकार हुन्। गीत, भाइरल भिडियो र रियालिटी शोका कारण उनको लोकप्रियता बढेको हो । भारतमा उनी बिग बोस १६ मा सहभागी भए पछि पहिला भन्दा धेरै लोकप्रिय भए।
त्यसो त अब्दु रोजिकलाई पनि २०२४ मा भारतमा ईडीले सोधपुछ गरेको थियो। यो मुद्दा एक आतिथ्य कम्पनीसँग सम्बन्धित मनी लान्ड्रिङको मुद्दा थियो। तर, त्यसबेला अब्दुलाई मुद्दामा अभियुक्त बनाइएको थिएन र सोधपुछ मात्र गरिएको थियो।
















बाँकेमा निर्वाचन आचासंहिता पालनामा कडाइ
पाकिस्तानमा सडक दुर्घटना: ४जना को मृत्यु, २७ घाइते
यामाहाको विवाह सिजन अफर ‘मायासँग मायाको यात्रा’ सार्वजनिक
अमेरिकी विशेष दूतको भेनेजुएला भ्रमण, द्विपक्षीय वार्ता अघि बढ्ने
नेशनल लाईफ इन्स्योरेन्सको १ दिने तालिम सम्पन्न
पाँच वर्षमा ठोस रूपमा उपलब्धि हासिल गर्नसक्ने गरी घोषणा पत्र ल्याउँछौँः अध्यक्ष ओली
मध्यरातमा यसरी लुटपाट मच्चाउथ्यो विनय तामाङको समूहले
निर्वाचन सुरक्षाका लागि कुकुरसहितको संयुक्त गस्ती सुरु
अमेरिकासँगको बढ्दो तनावबीच एकहजार लडाकु ड्रोन तैनाथ गरेको इरानको दावी
एकैदिन २० हजार ५ सयले घट्यो सुनको भाउ
प्रतिक्रिया