शुक्रबार, वैशाख २५, २०८३

सभामुखलाई लिङ्देनले भने- याे तपाईंको कार्यकालको सबैभन्दा कालो समय (भिडियाे)

काठमाडाैं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले अध्यक्ष लिङ्देनले ‘भिजिट भिसा’ प्रकरणको निश्पक्ष छानबिन गर्न उच्चस्तरीय समिति गठन गर्न माग गर्दै प्रतिपक्षी दुई दलले संसदमा विरोध गरिरहँदा जबरजस्ती बैठक चलाउने अभ्यास ठिक नभएको बताए।

Advertisement
NiccNicc

सभामुखको ध्यान आर्कषण गराउँदै लिङ्देनले भने ‘संसदमा महत्वपूर्ण दुई पार्टीले डेढ महिनादेखी विरोध जनाइ राख्दा खेरी जबर्जस्ती संसद चलाउने प्रयास भइराखेको छ । याे केवल सरकारको अक्रमन्यता, उदासिनताको कुरा होइन सभामुख महोदय, तपाईंको आफ्नो कार्यकालको सबैभन्दा कालो समयको रुपमा पनि यो उल्लेख रहने छ ।’

जनताको आवाजलाई सम्बोधन गर्न सभामुखले पहलकदमी लिनुपर्ने लिङ्देनकाे भनाइ छ । ‘सभामुखले पहल गर्नु पर्यो, प्रयास गर्नु पर्यो, छलफल गर्नु पर्यो, प्रतिपक्ष दलहरुले उठाएको आवाजलाई सम्बोधन गराउने प्रयत्न गर्नुपर्यो’ उनले भने ।

प्रतिक्रिया