खानेपानी नदिएको भन्दै केयुकल कार्यालयमा लगाइयो ताला

काठमाडौं। आम जनता पार्टी (आजपा) निकटको आम सुकुम्बासी तथा अव्यवस्थित बसोबास संघले काठमाडौंको त्रिपुरेश्वर स्थित काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) को कार्यालयमा तालाबन्दी गरेको छ ।
खानेपानीको माग गर्दै विगत ६ दिनदेखी आन्दोलनरत सुकुम्बासी संघको माग सम्बोधन नगरेको भन्दै कार्यालयमा तालाबन्दी गरिएको आजपा प्रवक्ता चन्द्रभुषण साहले जनाएका छन् ।
सुकुम्बासी संघले विगत ६ दिनदेखी केयूकेएलको कार्यालय अगाडी धर्ना सहित कार्यालय घेराउ गर्दै आएको छ । आफूहरुको माग पुरा नभए नेताहरुको ढोका ढोकाका साथै सिंहदरबारमा समेत तालाबन्दी गर्ने चेतावनी आजपा प्रवक्ता साहले दिएका छन् ।
काठमाडौंको सुकुम्बासी बस्तीमा सरकारले खानेपानी रोकेको र आफूहरु खानेपानीको माग गर्दै सरकारको ध्यानाकर्षण गराउदै आन्दोलन गर्दा समेत माग सुनुवाई नगरेपछि बाध्यभएर कार्यालयमा तालाबन्दी गर्नुपरेको आजपा नेता त्रिभुवन साहले जनाएका छन् ।
सरकारको पटक–पटक ध्यानाकर्षण गराउँदा समेत कुनै सुनुवाई नभएकाले बाध्य भएर आन्दोलनमा उत्रिएको सुकुम्बासी संघका अध्यक्ष कालबहादुर विकले जनाएका छन् । सरकारले खानेपानी नदिएर मानवता विरोधी आपराध गरेको उनले बताए ।
‘आजको २१औं शताब्दिमा आफ्नै देशका नागरिकलाई खानेपानीको हकबाट वञ्चित गर्ने मानवता विरोधी कार्य विरुद्ध हामी काठमाडौं उपत्यका खानेपानी लिमिटेडमा धर्ना तथा विरोधको कार्यक्रम गर्न बाध्य भएका छौं । हामी हाम्रो मागको बारेमा सरकार र सम्बन्धित निकायलाई पटक पटक ध्यानाकर्षण गराउँदा समेत कुनै सुनुवाई नभएपछि कार्यालय घेराउ गर्नु परेको हो,’ सुकुम्बासी संघका अध्यक्ष विकले भने ।
सहभागिहरुले हातहातमा खाली गाग्री बोकेर हामीलाई खानेपानी देउ भन्दै केयूकेएलको कार्यालय घेराउ गर्दै सरकारका बिरुद्धमा चर्को नारावाजी समेत गरेका छन् । ‘घरघरमा पानी दे, एक घर एक धारा यो नै हो हाम्रो नारा, खानेपानीको विभेद अन्त्य गर, खानेपानी आर्शिवाद होइन अधिकार हो, खानेपानी नदिने सरकार बेकार हो, खानेपानी चोर कुर्सी छोड’ लगायतका नारावाजी गर्दै आन्दोलन भइरहेको छ ।
काठमाडौंको सुकुम्बासी बस्तीमा खानेपानी दिनुपर्ने र तराई मधेसमा देखिएको खानेपानीको समस्या तत्काल समाधान गर्नुपर्ने बारेमा आजपा अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले संसदमा निरन्तर आवाज उठाउदै आएका छन् । साहले देशैभरी देखिएको खानेपानीका साथै सिचाइको अभावमा किसानले धान खेती गर्न समस्या भोगिरहेको बारेमा सरकारको ध्यानाकर्षण गराएका थिए ।
संसददेखी सडकसम्म पानीको माग गर्दै सरकारको चर्को आलोचना भइरहेको छ । काठमाडौंको सुकुम्बासी बस्तीदेखी तराई मधेसका जिल्लामा खानेपानीको माग गर्दै चर्कोरुपमा आवाज उठिरहेको छ ।
संसदमा सांसदहरुले तराई मधेसका जिल्लामा इनार, चापाकल सुकेकाले खानेपानीको अभाव भएको भन्दै त्यसको व्यवस्थापनमा सरकारले चासो नदिएको गुनासो सर्वसधारणले गर्दै आएका छन् ।
















आर्थिक वृद्धि २.७ प्रतिशतमा सीमित हुने एडिबीको प्रक्षेपण
HoR passes proposal of vote of thanks to President
नयाँ र पुराना दलको साइनबोर्डमात्र फरक, विचारकाे नाभी एकै ठाउँमा : ज्ञानेन्द्र शाही
अफगानिस्तानमा बाढीका कारण दशौँ हजार मानीस प्रभावित
Scientific research should be taken as national responsibility: Vice President Yadav
यी हुन् ‘२०८२’मा सबैभन्दा बढी कमाउने १० नेपाली फिल्म
संयुक्त राष्ट्रसंघमा भिटोमार्फत इरानको पक्षमा उभिए रूस र चीन
डेपुटी गभर्नर पण्डितले लिए शपथ
अमेरिका र इरानबिच दुई हप्ताको युद्धविराम सम्झौता
ट्रम्पले चेतावनी दिँदै भने -मंगलबार राति “इरानी सभ्यता समाप्त हुन सक्छ”
प्रतिक्रिया