अम्बानी र चौधरी समूहबीच सहकार्य, भारतको ‘क्याम्पा ड्रिंक्स’ अब नेपाली बजारमा

काठमाडौँ। मुकेश अम्बानी नेतृत्वको भारतको प्रतिष्ठित औद्योगिक समूह रिलायन्स इन्डस्ट्रिज र नेपालको प्रतिष्ठित औद्योगिक घराना चौधरी ग्रुपबीच सहकार्य भएको छ। दुवै औद्योगिक समूहले सहकार्य गरेर लोकप्रिय कोल्ड ड्रिंक ब्रान्ड ‘क्याम्पा कोला’ नेपाली बजारमा ल्याएको छ।
क्याम्पा कोला रिलायन्स इन्डस्ट्रिजको एमएमसीजी विंग रिलायन्स कन्ज्युमर प्रोडक्ट्स लिमिटेड (आरसीपीएल) द्वारा उत्पादित अन्तर्राष्ट्रियरूपमा ख्यातिप्राप्त भारतीय कोल्ड ड्रिंक ब्रान्ड हो। चौधरी समूहले सोमबार ललितपुरमा एक औपचारिक कार्यक्रममा रिलायन्स समूहको आरसीपीएलसँगको साझेदारीको जानकारी दिएको हो।
१९७० को दशकमा भारतमा स्थापना गरिएको ‘क्याम्पा’ ब्रान्ड सन् २०२२ मा रिलायन्स इन्डस्ट्रिजले खरिद गरेपछि तीव्र रुपमा विस्तार भइरहेको छ।
नेपालमा क्याम्पा उत्पादन चौधरी समूहले मकवानपुरको मनहरीस्थित आफ्नो प्लान्टमा गर्नेछ। सुरुवाती चरणमा ‘क्याम्पा कोला’, ‘क्याम्पा लेमन’, ‘क्याम्पा अरेन्ज’, ‘क्याम्पा इनर्जी गोल्ड बुस्ट’ र ‘क्याम्पा इनर्जी बेरी किक’ नेपाली बजारमा उपलब्ध हुनेछ।
कम्पनीका अनुसार २५० मिलिलिटरको ‘क्याम्पा’ कार्बोनेटेड सफ्ट ड्रिंक (क्याम्पा कोला, क्याम्पा लेमन र क्याम्पा अरेन्ज) प्रति बोतल ३० रुपैयाँमा उपलब्ध हुनेछ भने २५० मिलिलिटरको ‘क्याम्पा इनर्जी बेरी किक’ ४० रुपैयाँमा पाइनेछ।
कार्यक्रममा बोल्दै रिलायन्स कन्ज्युमर प्रोडक्ट्स लिमिटेडका कार्यकारी निर्देशक केतन मोदीले क्याम्पा नेपाली बजारमा ल्याउन पाउँदा आफूहरू उत्साहित भएको बताए।
‘क्याम्पा एक ऐतिहासिक भारतीय ब्रान्ड हो, जसलाई उपभोक्ताले दशकौँदेखि माया गर्दै आएका छन्। हामी दीर्घकालीन लगानी गरिरहेका छौँ र यस क्षेत्रमा तीब्र वृद्धिको सम्भावना देखिरहेका छौँ,’ उनले भने।
त्यस्तै चौधरी समूहका प्रबन्ध निर्देशक निर्वाण चौधरीले रिलायन्ससँग सहकार्य गर्नु चौधरी ग्रुप र समग्र देशका लागि गौरवको विषय भएको बताए।
‘यो साझेदारीले नेपाली उभोक्तालाई गुणस्तरीय र ऐतिहासिक पेय पदार्थको स्वादमा रम्ने अवसर दिनेछ। हामी हाम्रो वितरण प्रणाली र बजार अनुभवको प्रयोग गरेर क्याम्पा कोलालाई नेपाली बजारमा लोकप्रिय बनाउनेछौँ,’ उनले भने।

















यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
५२ क्षेत्रमा मतगणना जारी रहँदा ४० क्षेत्रमा रास्वपाकाे अग्रता
चार निर्वाचन क्षेत्रमा एमालेका उम्मेदवारको अग्रता
नेपाली कांग्रेसले पाँच स्थानमा लियो अग्रता
रुकुमपूर्वमा प्रचण्डकाे अग्रसरता
Why Tech Innovation Is Central to China’s 15th Five-Year Plan
राष्ट्रिय परिचयपत्र वा लाइसेन्स देखाएर पनि मतदान गर्न पाइने
जिल्ला प्रशासन कार्यालय काठमाडौँमा अस्थायी मतदान केन्द्र
सुरक्षा व्यवस्था चुस्त छ, निर्धक्क भएर मतदान गर्नुस् : सुरक्षा फौज
गृहमन्त्री अर्यालद्वारा रामेछाप दुर्घटनाका घाइतेको स्वास्थ्य अवस्थाबारे जानकारी
प्रतिक्रिया