विकास भएको छैन भन्नु भ्रम होः विश्वप्रकाश शर्मा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले देशमा विकासका काम धेरै भए पनि ‘केही भएको छैन’ भन्ने भाष्य निर्माण गर्न खोजिएको बताएका छन् । झापास्थित बुद्धशान्ति गाउँपालिका–४ मा आज भूमिहीन दलित, सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई जग्गाको धनीपुर्जा वितरण गर्न आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले मुलुकमा भइरहेको विकासलाई नदेखेजस्तो गर्दै ‘केही भएको छैन’ भन्नु भ्रम भएको बताए ।
“गौँडा गौँडामा कालोपत्रे सडक बनेको छ, यही पालिकामा १८ करोडभन्दा बढीका खानेपानीका योजना परेका छन्”, उनले भने, “नेपालकै तेस्रो लामो झोलुङ्गे पुल यहीँ छ, अनि अझै विकास भएन भन्ने ?”
उनले जताततै सडक, पुल, खानेपानी, विद्युत् विस्तार र अस्पतालको सुविधालगायतका विकासका काम भएको चर्चा गरे । उनले नागरिकलाई विकाससँगै सुशासन पनि चाहिएको बताए ।
महामन्त्री शर्माले महँगो कर लगाएर धनीपुर्जा वितरण गर्ने काम विगतमा आफूले रोकेको स्मरण गरे । उनले आफ्नो आग्रहलाई स्वीकारेर सरकारले जग्गाको राजस्व आधा घटाएको उल्लेख गरे ।
आज बुद्धशान्ति गाउँपालिका–४ का १९५ जना भूमिहीनलाई जग्गाको धनीपुर्जा वितरण गरिएको पालिकाका अध्यक्ष मनोज प्रसाईले जानकारी दिए ।
भूमि समस्या समाधान आयोग झापाका अध्यक्ष मदन अधिकारीले तत्काल झापामा ५५० जनालाई जग्गाको धनीपुर्जा वितरण गरिने बताए । दुई दिनअघि मात्र प्रधानमन्त्री केपी शर्माले कनकाई नगरपालिकाबाट जग्गाको धनीपुर्जा वितरण शुभारम्भ गरे । कनकाईमा १५७ जनाले जग्गा धनीपुर्जा प्राप्त गरेका थिए ।
















दोस्रो दक्षिण एसिया व्यापार मेला सुरु
SAARC Secretary General pays courtesy call on Minister Khanal
४९१ जना कैदीसहित हजारौँ अफगान शरणार्थी पाकिस्तानबाट स्वदेश फिर्ता
सानिमा रिलायन्स लाईफ इन्स्योरेन्सद्वारा कालिकोटमा राहत वितरण
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
अर्को साता हुने आफ्नो चीन भ्रमणअघि नै इरानसँग सम्झौता हुने ट्रम्पको दावी
बर्खा लाग्यो, तर हिउँ पर्न छाडेन
प्रतिक्रिया