स्पेन प्रकरणबारे छानबिन गर्न एसएसपीको नेतृत्वमा समिति गठन

काठमाडाैं । स्पेन भ्रमणमा भिजिट भिसामा गएर नफर्किएकाहरूबारे छानबिन गर्न केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) का प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) होबिन्द्र बोगटीको नेतृत्वमा छानबिन समिति गठन भएको छ।
सिआइबी र मानब बेचबिखन अनुसन्धान ब्युरोका सदस्यहरू रहनेगरी ६ सदस्यीय समिति बनाइएको हो।
समितिले प्रधानमन्त्री सहभागी भएको स्पेनको कार्यक्रममा को को गए? उनीहरु फर्किए कि फर्किएनन्? उनीहरूलाई त्यहाँ के कसरी पठाइयो र को को संलग्न छन् भन्ने छानबिन गर्नेछ। यो समितिको प्रारम्भिक छानबिनपछि सीआईबीले थप कारबाही अगाडि बढाउने छ।
रास्वपा सांसद सोविता गौतमले प्रधानमन्त्री केपी शर्मा ओली सहभागी भएको कार्यक्रममा गएका केही नेपालीहरू नफर्किएको विषय संसद्मा उठाएकी थिइन्।
त्यसपछि गृहमन्त्री रमेश लेखकले गृह सचिव गोकर्णमणी दुवाडी र प्रहरी महानिरीक्षक दीपक थापालाई बोलाएर यो विषयमा अनुसन्धान अगाडि बढाउन र संलग्नलाई कारबाहीको दायरामा ल्याउन निर्देशन दिएका थिए।
















भूमिहीन नागरिकहरूको पहिचान गरी दीगो समाधान गरिने : प्रधानमन्त्री शाह
होर्मुजमा जहाज आवागमन सहज बनाउन अमेरिकाले प्रोजेक्ट फ्रीडम’ सुरु गर्दै
भन्सार कडाइसँगै भद्रपुर बजारमा चहलपहल, नेपाली व्यवसायी खुसी
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
कांग्रेस केन्द्रीय कार्य सम्पादन समितिको बैठक बस्दै
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
राष्ट्रपतिद्वारा सम्पत्ति शुद्धीकरण अध्यादेश जारी
सुनचाँदीको मूल्य वृद्धि, आजको कारोबारको मूल्य कति ?
सशस्त्र प्रहरी महानिरीक्षक अर्यालको फौजी परम्पराअनुसार बिदाइ
सिरहा बम विस्फोट घटनाका अभियुक्त यादव पुर्पक्षका लागि कारागार चलान
प्रतिक्रिया