स्पेन प्रकरणबारे छानबिन गर्न एसएसपीको नेतृत्वमा समिति गठन

काठमाडाैं । स्पेन भ्रमणमा भिजिट भिसामा गएर नफर्किएकाहरूबारे छानबिन गर्न केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) का प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) होबिन्द्र बोगटीको नेतृत्वमा छानबिन समिति गठन भएको छ।
सिआइबी र मानब बेचबिखन अनुसन्धान ब्युरोका सदस्यहरू रहनेगरी ६ सदस्यीय समिति बनाइएको हो।
समितिले प्रधानमन्त्री सहभागी भएको स्पेनको कार्यक्रममा को को गए? उनीहरु फर्किए कि फर्किएनन्? उनीहरूलाई त्यहाँ के कसरी पठाइयो र को को संलग्न छन् भन्ने छानबिन गर्नेछ। यो समितिको प्रारम्भिक छानबिनपछि सीआईबीले थप कारबाही अगाडि बढाउने छ।
रास्वपा सांसद सोविता गौतमले प्रधानमन्त्री केपी शर्मा ओली सहभागी भएको कार्यक्रममा गएका केही नेपालीहरू नफर्किएको विषय संसद्मा उठाएकी थिइन्।
त्यसपछि गृहमन्त्री रमेश लेखकले गृह सचिव गोकर्णमणी दुवाडी र प्रहरी महानिरीक्षक दीपक थापालाई बोलाएर यो विषयमा अनुसन्धान अगाडि बढाउन र संलग्नलाई कारबाहीको दायरामा ल्याउन निर्देशन दिएका थिए।










नेपालमा पार्टी पनि विदेशीले बनाइदिन थाले : राजेन्द्र लिङ्देन
निर्वाचनमा सहभागी हुने प्रमुख दलका शीर्ष नेताहरूको प्रतिबद्धता
देश अब नयाँ शिराबाट अगाडि बढ्छः मन्त्री घिसिङ
समानुपातिकतर्फका उम्मेदवारहरुकाे बन्दसूची पेश गर्न आयोगको आग्रह
जेनजी आन्दोलनमा फरार कैदीको भारतमा मृत्यु
आज २०८२ साल पुस १० गते बिहीबारको राशिफल
क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु
रुस–युक्रेन युद्ध अन्त्यका लागि अमेरिका–युक्रेनको २० बुँदे नयाँ योजना सार्वजनिक
राप्रपा र राप्रपा नेपालकाे सरप्राइज एकता घाेषणा
भोलि रंगशालामा त्रिभुवन विश्विविद्यालयकाे दीक्षान्त : नोबेल पुरस्कार विजेता काजिता प्रमुख अतिथि
प्रतिक्रिया