पन्ध्र तोलाभन्दा बढी सुनका गहनासहित कोहलपुरबाट छ जना पक्राउ

नेपालगञ्ज।भारतबाट चोरी गरेर ल्याएको १५ तोला २५ लाल सुनका गरगहना र सात लाख ८७ हजार नगदसहित छ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
भारतबाट सुनका गहना र नगद चोरेर कोहलपुरस्थित होटेल न्यू कालीकोटेमा बसेको भन्ने विशेष सूचनाका आधारमा प्रहरी निरीक्षक रेशमलाल पौडेलको नेतृत्वमा गएको टोलीले उनीहरूलाई पक्राउ गरेको हो ।
इलाका प्रहरी कार्यालय, बाँकेकी प्रहरी नायब उपरीक्षक लक्ष्मी खनालका अनुसार पक्राउ पर्नेमा कालीकोट रासकोट नगरपालिका–१ निवासी ४२ वर्षीय मनबहादुर शाही र ४२ वर्षीय तेजबहादुर शाही, कालीकोटको सान्नी त्रिवेणी गाउँपालिका–८ बस्ने १८ वर्षीय पंकज केसी, सोही पालिकाको वडा नं ८ निवासी ४५ वर्षीय प्रेमबहादुर खत्री र ३८ वर्षीया अनिता खत्री तथा नरहरिनाथ गाउँपालिका–९ बस्ने २८ वर्षीया सरिता शाही रहेका छन् ।
सोमबार पक्राउ गरेका उनीहरूलाई जिल्ला अदालत बाँकेबाट आज म्याद थप गरी थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक खनालले जानकारी दिए ।












कोरला नाकाबाट दुई करोड बढीको भेप बोकेको कन्टेनरसहित चालक नियन्त्रणमा
अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय तीनमहिनाका लागि बन्द
Nonagenarian man constructs water facility in Bhojpur school
निर्वाचन सुरक्षामा कुनै ‘कम्प्रोमाइज’ हुँदैन, ढुक्क भएर निर्वाचनमा भाग लिनुहोस्ः सशस्त्र प्रहरी प्रवक्ता थापा
रास्वपासँग एकता भाँडिएसँगै उज्यालो नेपाल पार्टीको अध्यक्ष बने कुलमान
गायक तथा अभिनेता प्रशान्त तामाङको निधन
कांग्रेस विशेष महाधिवेशन सुरु
आज पुस २८ गते सोमबारको राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
प्रतिक्रिया