जेडटीईका स्मार्टफोनहरू अब शून्य प्रतिशत ब्याजदरमा मासिक किस्ताबन्दीमा

काठमाडौँ । जेडटीई कर्पोरेसनले आफ्ना ३ मोडेलका स्मार्टफोनहरूमा शून्य प्रतिशत ब्याजदरमा किस्ताबन्दी योजना ल्याएको छ। यो योजनाअनुसार प्रयोगकर्ताहरूले अत्याधुनिक सुविधायुक्त जेडटीई भी७० म्याक्स र प्रिमियम जेडटीई भी७० डिजाइन मोडेलका स्मार्टफोनहरू ६ महिनाको सहज मासिक किस्तामा खरिद गर्न सक्नेछन्।
यस किस्ताबन्दी योजनाअन्तर्गत इच्छुक खरिदकर्ताले केवल आफ्नो नेपाली नागरिकता प्रमाणपत्रको भरमा नयाँ स्मार्टफोन किन्न सक्नेछन्। यसबाहेक यसमा कुनै जटिल कागजी प्रक्रिया नरहेको र ब्याज पनि नलाग्ने कम्पनिले जानकारी दिएको छ।
प्रयोगकर्ताहरूलाई सरल र सहज किनमेल अनुभव प्रदान गर्ने उद्देश्यले जगदम्बा हायर पर्चेजसँगको साझेदारीमा जेडटीईले यस विशेष योजना सार्वजनिक गरेको हो।
शून्य प्रतिशत ब्याजदर किस्ताबन्दी योजनाअनुसार १५,९९९ मूल्य रहेको भी७० म्याक्स (६+१२८ जिबी) स्मार्टफोन मोडेल खरिद गर्न चाहनेले रूपैयाँ ६ हजार ४०० अग्रिम भुक्तानी गरेपछि बाँकी रकम ६ महिनासम्म मासिक १,६०० किस्तामा तिर्न सकिन्छ।
यस्तै, १६,९९९ मूल्य रहेको भी७० डिजाइन (८+१२८ जिबी) मोडेलका लागि प्रयोगकर्ताले ६,८०० अग्रिम भुक्तानी गरेपछि बाँकी रकम ६ महिनासम्म मासिक १,७०० किस्तामा तिर्न सकिन्छ।
अलि बढी स्टोरेज क्षमता भएको फोन खोजिरहेका प्रयोगकर्ताका लागि १८,९९९ मूल्यको भी७० डिजाइन (८+२५६ जिबी) स्मार्टफोन मोडेल खरिद गर्दा रूपैयाँ ७,६०० अग्रिम भुक्तानी गरेपछि बाँकी रकम मासिक १,९०० किस्तामा ६ महिनासम्म तिर्न सकिन्छ।












निर्वाचन रोक्ने बहाना स्वीकार्य छैनः योगेश भट्टराई
गैरकानुनी रूपमा अन्तरराष्ट्रिय कल बाइपासमा संलग्न राजवंशी पक्राउ
दक्षिण कोरियाका पूर्वराष्ट्रपति युनविरुद्ध पुनः पक्राउ पुर्जी जारी
निर्वाचन ६४ दिन बाँकीः ६४ वटा राजनीतिक दलले पेस गरे समानुपातिकतर्फको बन्दसूची
राप्रपा र राप्रपा नेपालबीच पार्टी एकता
निर्माता करण श्रेष्ठ समानुपातिक उम्मेदवारको सूचीमा
पुस १६ गते बुधवारकाे राशिफल,कस्ताे रहला तपाइकाे आजकाे दिन ?
हामीले आफ्ना कमीकमजोरी पहिचान गरी सुधार्नुपर्छ : प्रचण्ड
प्रतिक्रिया