ज्यान मार्ने उद्योगमा ६ वर्षदेखि फरार आरोपी पक्राउ

काठमाडौँ। ललितपुर प्रहरीले मोरङ जिल्ला पथ्री बस्ने दीपक लिम्बूलाई कर्तव्य गरी फरार रहेका शनिश्चरे नगरपालिका–१० का दोर्जे भन्ने मेन दोर्जे तामाङलाई पक्राउ गरेको छ ।
विसं २०७६ चैत ९ गते कर्तव्यगरी फरार रहेका दोर्जेलाई ललितपुर महानगरपालिका–२२ बुङ्गमतीबाट मङ्गलबार पक्राउ गरी आजै मोरङ पठाइएको ललितपुर जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक चक्रराज जोशीले जानकारी दिए ।
विगत छ वर्षदेखि फरार भएका तामाङलाई सुराकीको आधारमा निजकी दिदी अनु तामाङको निवासबाट प्रहरी प्रभाग भैँसीपाटीका इञ्चार्ज एवं प्रहरी निरीक्षक शशीधर शर्मा नेतृत्वको टोलीले पक्राउ गरेको थियो ।
आफ्नो स्थायी ठेगानासमेत बदली लुकिछिपी बसेको अवस्थामा उनी पक्राउ परेका प्रवक्ता जोशीले बताए । उनका अनुसार मानबहादुर लिम्बूको जाहेरीका आधारमा विसं २०७७ वैशाख ३ गते निजमाथि पक्राउ पुर्जी जारी भएको थियो ।













देवघाटमा लिङ्गो ठड्याएर माघेसङ्क्रान्ति मेला सुरु
प्रधानन्यायाधीश राउत अस्पताल भर्ना
NC Special General Convention: Election for new leadership today
कांग्रेस महामन्त्रीमा विश्वप्रकाश र प्रदीप पौडेलले दिए उम्मेदवारी
कांग्रेस विशेष महाधिवेशन सुरु
आज पुस २८ गते सोमबारको राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
कांग्रेस फुट्न दिँदैनाैं, आवेग हाेइन विवेकले निर्णय गरेर सिंगो पार्टीको नेतृत्व गर्छौं : विश्वप्रकाश शर्मा
देउवा विशेष महाधिवेशनमा जाने कार्यक्रम छैन : सचिवालय
नेपोबेबीको राज देखेर जनता रिसाएकै हुन् – गगन थापा
प्रतिक्रिया