गाजा वार्ता अवरुद्ध, इजरायली सैनिक फिर्ता अझै अनिश्चित

हमासले इजरायलमाथि गाजा पट्टीमा आफ्नो सैनिक उपस्थितिलाई दीर्घकालीन रूपमा कायम राख्न खोजेको आरोप लगाएको छ । साथै, उसले दोहामा भइरहेको अप्रत्यक्ष वार्तामा कुनै ठोस प्रगति नभएको दाबी गरेको छ ।कतारको राजधानी दोहामा हाल जारी अप्रत्यक्ष वार्ताको दोस्रो हप्ता चलिरहेको छ । वार्ताको मुख्य विषय भनेको गाजाबाट इजरायली सेनाको फौज फिर्ता हो ।
हमासले गाजाबाट पूर्ण सैनिक फिर्ताको माग गरिरहेको छ । उसले इजरायलको त्यो प्रस्ताव अस्वीकार गरिसकेको छ जसअनुसार गाजाको ४० प्रतिशतभन्दा बढी भूभागमा इजरायली सेना रहने व्यवस्था गरिएको थियो ।
इजरायली सञ्चारमाध्यम ‘कान’ ले बुधबार एक अज्ञात विदेशी स्रोतलाई उद्धृत गर्दै इजरायल फौज फिर्तासम्बन्धी नक्साहरू परिमार्जन गरिरहेको दाबी गरेको थियो ।
तर हमासको राजनीतिक ब्यूरोका सदस्य बासेम नाइमले भने, “इजरायलले हालसम्म गाजाबाट फौज फिर्ता गर्ने कुनै नयाँ वा संशोधित नक्सा प्रस्तुत गरेको छैन ।”
उनका अनुसार,“हाल गाजाको सम्पूर्ण क्षेत्र इजरायली सैनिक नियन्त्रणमा छ । स्थलस्थित परिस्थितिहरूले इजरायलको दीर्घकालीन नियन्त्रण कायम राख्ने उद्देश्य स्पष्ट पार्छ ।”
“इजरायलले गाजाबाट फौज हटाउने वा युद्ध अन्त्य गर्ने कुनै इच्छाशक्ति देखाएको छैन, जुन कुरा उसले वार्तामा र मध्यस्थकर्ताहरूसामु दाबी गरिरहेको दाबीको विपरीत हो,” उनले थपे ।
इजरायलले हमासमाथि वार्तामा लचिलोपन नदेखाएको आरोप लगाउँदै आएको छ । यद्यपि, मध्यस्थकर्ताको भूमिकामा रहेको कतारले मंगलबार भनेको छ कि वार्ता ‘गतिरोधमा छैन’ र वार्ताको लागि कुनै निश्चित समयसीमा तय गरिएको छैन ।
















स्ट्याक्स नेपालले टि-२० विश्वकप क्रिकेटको प्रत्यक्ष प्रसारण गर्ने
कङ्गोमा खानी भत्किँदा कम्तीमा २०० जनाको मृत्यु
मध्यपूर्व तनावबीच अमेरिका-इजरायल-साउदी अरब हतियार सम्झौता
म्याग्दीमा आठ सय ६१ जना निर्वाचन प्रहरी छनोट
भदौ २३ को दिन मैले गोली चलाउने कुनै पनि आदेश दिएको छैन : केपी ओली
पहाड र सहर बुझेँ, यसपटक मधेस बुझ्न सर्लाही आएँ : गगन थापा
भ्रामक समाचार नलेख्न राष्ट्रिय प्रकृति संरक्षण कोषको आग्रह
पूर्वमन्त्री यादवसहित ८ नेता जसपा नेपालबाट निष्कासित
एक तोला सुनको मूल्य ३ लाख ३९ हजार नाघ्याे, चाँदीकाे कति ?
प्रतिक्रिया