वागीश्वरीमा दुई वर्षपछि जुँगे महादेवको प्राणप्रतिष्ठा हुँदै

नेपालगञ्ज। यहाँको प्रसिद्ध शक्तिपीठ वागीश्वरीमा रु १५ लाख लागतमा अष्टधातुले बनेको जुँगे महादेवको मूर्ति यही साउन ५ गते सोमबार पुनःस्थापना गरिने भएको छ ।
नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्टका अनुसार भक्तजनको सुविधालाई दृष्टिगत गरी सोही दिनदेखि पूजार्चनाका निम्ति मन्दिर खुला हुनेछ । २००७ सालमा बनेको संरचना र मूर्ति स्थापना भएको ७५ वर्ष भइसकेकाले नयाँ मूर्ति निर्माणको आवश्यकता भएको औँल्याउँदै वागीश्वरी नजिक १०८ फिट अग्लो हनुमान्को मूर्ति पनि निर्माणाधीन छ ।
“विपीचोकबाट सुरु भएर इदगाह–गुरुद्वारा धम्बोझी– वागीश्वरी मन्दिर– घरबारीटोल– पीपलबोट–गुम्बा– त्रिवेणीमोड अब धार्मिक करिडोर बन्नेछ । नेपालगञ्ज सबै धर्म मान्नेको नगर हो । सबै धर्मावलम्बीको धार्मिकस्थल जोडेर करिडोर बनाउँदा आपसी सद्भाव बढेमा हामी विश्वस्त छौँ । ”, नगरप्रमुख विष्टले भने । दुई वर्षअघि जुँगे महादेव मन्दिरको मर्मतसम्भार थालिएको हो ।
















चितवनमा स्वतन्त्र १६ सहित ६५ जनाको उम्मेदवारी
हातहतियार बुझाउन चितवन प्रशासनको आग्रह
अवैध धन्दाकाे आराेप लागेका ललितपुरको ‘द ब्रिटिस स्कुल’ का चेयरम्यान विल्कोले दिए राजीनामा
पर्सा–३ मा एमालेका रूपेश पाण्डेद्वारा उम्मेदवारी दर्ता
Election a talk of the town after candidacy filing in Mahottari
पहिलोपटक घण्टीघर पुगेका बालेनले के-के गरे ?
राजीनामा बुझाएलगतै ‘घण्टी घर’ पुगे बालेन
सर्वोच्चले उल्ट्यायो काठमाडौँका खोला किनारको थप २० मिटर मापदण्ड
एमालेले टुङ्ग्यायो स्याङ्जाका दुई उम्मेदवार
प्रतिक्रिया