खार्पुनाथमा तुइन हटाएर झोलुङ्गे पुल
मेरोन्यूज
२०८२ साउन १ गते १९:३२

सिमकोट (हुम्ला)। खार्पुनाथ गाउँपालिकामा रहेका नदीमा तुइन हटाएर झोलुङ्गे पुल निर्माण गरिएको छ। खार्पुनाथ–१ र २ लाई जोड्न लालीबगरको लिगेमा कर्णाली नदीमा रहेको तुइन हटाएर नयाँ झोलुङ्गे पुल निर्माण गरिएको छ।
नयाँ झोलुङ्गे पुल निर्माण भएर सञ्चालनमा आएसँगै यो स्थानमा रहेका तुइन हटाइएको छ। लालीबगरको लिगेमा कर्णालीमा झोलुङ्गे पुल निर्माण भएपछि वडा १ र २ नागरिकलाई आवतजावत गर्न सहज भएको वडा–२ का वडाध्यक्ष चन्द्रविर रावलले बताए।
विसं २०७८ मा दुल्लीकुना लालीबगरको सडक निर्माण गर्ने क्रममा लिगेमा झोलुङ्गे पुल भत्किएपछि खार्पुनाथ गाउँपालिकाले उक्त स्थानमा तुइन निर्माण गरेको थियो। तुइनको सहारामा कर्णाली वारपार गर्नेहरु अहिले झोलुङ्गे पुल भएर यात्रा गर्दैछन्। झोलुङ्गे पुल निर्माण भएर प्रयोगमा आएपछि सिङ्गो गाउँपालिका तुइन मुक्त भएको छ।
सम्बन्धित
















सार्वजनिक सम्पत्ति जलाउने अपराधीहरूलाई कारबाही हुर्नैपर्छ : ओली
बङ्गलादेशको आम निर्वाचनमा दुई हजार उम्मेदवारी दर्ता
दुई पदका लागि स्याङ्जामा २८ जना चुनावी मैदानमा
दक्षिण कोरियाका पूर्वप्रधानमन्त्री हानलाई २३ वर्ष कैद
Sharp rise in gold price in domestic market
पहिलोपटक घण्टीघर पुगेका बालेनले के-के गरे ?
राजीनामा बुझाएलगतै ‘घण्टी घर’ पुगे बालेन
सर्वोच्चले उल्ट्यायो काठमाडौँका खोला किनारको थप २० मिटर मापदण्ड
निर्वाचन आचारसंहिता आज रातिदेखि लागू हुँदै
प्रलोपाबाट कैलाली १मा डा. जनकराज शाह उम्मेदवार
प्रतिक्रिया