दक्षिण सिरिया जारी हिंसामा ५०० भन्दा बढीको मृत्यु
मेरोन्यूज
२०८२ साउन १ गते २०:४५

लण्डन । दक्षिणी सिरियाको स्वेइदा प्रान्तमा केही दिनदेखि जारी झडपमा परी ५०० भन्दा बढी व्यक्तिको मृत्यु भएको एक युद्ध अनुगमनकारी सिरियाली संस्थाले बिहीबार जानकारी दिएको छ ।
‘सिरियन अब्जरभेटरी फर ह्युमन राइट्स’ले सिरियाली सुरक्षाकर्मीलाई स्वेइदामा तैनाथ गरिएपछि सरकारी सेना र स्थानीय ड्रुज समुदायबीच भएको भीडन्तमा ८९ ड्रुज लडाकू र १५४ जना सर्वसाधारणको मृत्यु भएको जनाएको छ।
यस झडपमा २४३ जना सरकारी कर्मचारी र १८ जना बेडुइन लडाकुको पनि मृत्यु भएको थियो ।
इजरायली हवाई आक्रमणमा १५ जना सरकारी कर्मचारीसहित बेडुइन जनजातिको अधिकारका लागि लडिरहेको एक समूहका तीन जना वरिष्ठ सदस्यको पनि मृत्यु भएको थियो ।
सम्बन्धित
















इरानको तटीय क्षेत्रको एक भवनमा विस्फोट
सुदूरपश्चिम प्रदेशका २०६ उम्मेदवार मध्ये १८ महिला : कुन पार्टीका उम्मेदवार ?
पत्रकार पिटरलाई इच्छुक पत्रकारिता पुरस्कार
अमेरिकालाई खुसी पार्न भेनेजुएलामा राजनीतिक बन्दी रिहाइ हुने आममाफी विधेयक प्रस्तुत
अनावश्यक रूपमा बिरामीलाई ‘रिफर’ नगर्न अस्पताललाई स्वास्थ्य बीमा बोर्डको निर्देशन
एक तोला सुनको मूल्य ३ लाख ३९ हजार नाघ्याे, चाँदीकाे कति ?
डीपी अर्यालको संयोजकत्वमा रास्वपाले बनायाे निर्वाचन सम्पादन समिति
तपाईको आजको दिन शुभ, अशुभ कस्तो हुनेछ ? हेर्नुहोस् राशिफल
निर्वाचनको ३५ दिन बाँकीः यसपटक निर्वाचनमा नेपालमै उत्पादित सामग्री प्रयोग गर्ने आयोगको नीति
मध्यरातमा यसरी लुटपाट मच्चाउथ्यो विनय तामाङको समूहले
प्रतिक्रिया