एमालेमा पदाधिकारी घटाउने प्रस्ताव
मेरोन्यूज
२०८२ साउन १ गते २१:४१

काठमाडौं । नेकपा एमालेमा पदाधिकारी संख्या घटाउने प्रस्ताव भएको छ।
नेकपा एमालेको जारी केन्द्रीय सचिवालय बैठकमा उपाध्यक्ष विष्णुप्रसाद पौडेलले विधान अधिवेशनका लागि तयार भएको विधान मस्यौदा प्रस्तुत गर्दै पदाधिकारी संख्या घटाउने प्रस्ताव गरेका हुन्।
जसमा ११ जना मात्रै पदाधिकारी बनाउने उल्लेख गरिएको छ। नयाँ प्रस्ताव अनुसार अध्यक्ष १, उपाध्यक्ष ३ (एक वरिष्ठ उपाध्यक्षसहित), महासचिव १, उपमहासचिव १ र सचिव ५ हुनेछन्।
अहिले एमालेमा अध्यक्ष, वरिष्ठ उपाध्यक्ष, ६ उपाध्यक्ष, महासचिव, ३ उपमहासचिव र ७ सचिव रहेका छन्।
हाल एमालेमा १९ पदाधिकारी हुने व्यवस्था छ।
त्यस्तै पौडेलले केन्द्रीय कमिटीको संख्या १ सय ९९ बनाउने प्रस्ताव गरेका छन्।
सम्बन्धित










एनआईसी एशिया बैंकको प्रमुख सूचना अधिकारी र प्रमुख गुनासो अधिकारी परिवर्तन
दक्षिणपश्चिमी जापानमा भीषण आगलागी : १७० घर नष्ट, सयौँ विस्थापित
बुधबार घट्याे सेयर बजार
शीतलहर र हिमपातको जोखिम न्यूनीकरण गर्न पूर्वतयारीमा ध्यान दिन गृहमन्त्रीको निर्देशन
मृत्युदण्डको सजायपछि शेख हसिनाले के भनिन् ?
प्रतिनिधि सभा निर्वाचनका लागि उम्मेदवारी दर्ता माघ ६ गते
जिपी कोइराला फाउन्डेशन अमेरीका च्याप्टरको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न
आज २०८२ साल मंसिर २ गते मंगलबारको राशिफल
आज २०८२ साल मंसिर १ गते सोमबारको राशिफल
प्रतिक्रिया