‘वातावरणमैत्री सडक संरचना बनाउन सरकार लागिरहेको छ’ : मन्त्री दाहाल

काठमाडौँ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले वातावरणमैत्री सडक संरचना बनाउन सरकारले ध्यान दिइरहेको बताएका छन् । पूर्वाधार विकास समितिको शुक्रबारको बैठकमा बोल्दै दाहालले यस्तो बताएका हुन् ।
दाहालले संविधानले पनि र मन्त्रालयले पनि अपाङ्गमैत्री र वातावरणमैत्री सडक संरचना बनाउने कुरा गरेको भन्दै त्यसमा आफूहरू लागिरहेको उल्लेख गरे ।
ठाउँ-ठाउँमा लिफ्टको व्यवस्था गर्ने, आकाशे पुल बनाउने कुरामा मन्त्रालयले योजनाबद्ध रूपमा काम गरिरहेको उनले जानकारी दिए ।
‘बिस्तारै बिस्तारै हामीले हाम्रो संविधानमा पनि र हाम्रो मन्त्रालयकै पनि वातावरणमैत्री, डिसेबलमैत्री सवारी संरचनाहरू बनाउनुपर्छ भन्ने छ । त्यो गर्दा हामीले लिफ्टको पनि कुरा अघि सारेका छौं’ उनले भने, ‘ठाउँ-ठाउँमा ज्येष्ठ नागरिकहरूको लागि लिफ्ट राखेर आकाशे पुलबाट क्रस गर्ने योजना छ । एडभान्स लिफ्ट नै राख्ने प्रस्ताव गरेका छौँ । दातासँग अनुरोध गरेका छौँ ।’
















एथर रिज्टा एस नेपालमा सार्वजनिक, कति छ मूल्य ?
क्यूआर स्क्यानमा लाखौँका प्राइज
महालक्ष्मी विकास बैंकको ‘महालक्ष्मी क्यालेन्डर २०८३’को डिजिटल संस्करण सार्वजानिक
नेपाल पत्रकार महासङ्घको स्थापना दिवसमा ५२ जनाले गरे रक्तदान
शासकीय सुधार कार्यसूची : प्रमुख खाद्यान्न बालीको न्यूनतम समर्थन मूल्य निर्धारण गर्ने
वादी समुदायबाट पहिलो मन्त्री बनिन् सीता, यस्ताे छ उनकाे संघर्षपूर्ण राजनीतिक यात्रा
कर्मचारीलाई प्रधानमन्त्री बालेनको निर्देशन- कुनै पनि बाहना बनाएर काममा ढिलासुस्ती नगर्नु
महान्यायाधिवक्ता भण्डारीले दिइन् राजीनामा
एमाले अध्यक्ष ओलीको पित्तथैलीमा पत्थरी, अस्पतालमा नै राखेर उपचार गरिने
यस्ता छन् बालेन सरकारकाे पहिलो मन्त्रिपरिषदका ४ निर्णय (भिडियाे)
प्रतिक्रिया