मंगलबार, वैशाख २२, २०८३

सचिवालयको निर्णयलगत्तै ईश्वर र शंकरको स्टाटस, कसले के भने ?

मेरोन्यूज २०८२ साउन २ गते १२:३३

काठमाडौं । नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले विधानको संशोधन (मस्यौदा) माथि गम्भीरताका साथ बहसमा भाग लिन पोलिटब्युरो सदस्यहरूलाई आग्रह गरेका छन्।

Advertisement
NiccNicc

शुक्रबार सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेख्दै उनले पोलिटब्युरो सदस्यलाई बहसमा भाग लिने भनेका हुन्।

‘पार्टीको विधान महाधिवेशनमा प्रस्तुत गरिने पार्टी विधानको संशोधन (मस्यौदा) माथि सचिवालयको बैठकमा गम्भीरताकासाथ छलफल गरियो। आज पोलिटब्युरो सदस्यहरूका बीचमा छलफल हुनेछ। पोलिटब्युरोका सम्पूर्ण कमरेडहरू गम्भीरताका साथ छलफल बहसमा सहभागी हुनुहुनेछ र केन्द्रीय कमिटीमा प्रस्तुत हुने प्रस्तावलाई थप परिमार्जन गर्ने कुरामा योगदान पुर्‍याउनु हुनेछ,’ उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्।

उनले सामाजिक सञ्जालमार्फत् महासचिव शंकर पोखरेललाई लक्ष्य गर्दै जबाफ दिएका हुन्।

यस्तै, महासचिव शंकर पोखरेलले पनि विधि निर्माणको अन्योल अन्त्य भएको दाबी गरेका छन् ।

उनले भनेका छन्, ‘मिसन ८४ का लागि बलियो नेतृत्व र एकताबद्ध पार्टी आवश्यक थियो । त्यो सुनिश्चित भएको छ ।’

नेकपा एमालेले पदाधिकारी संख्या १५ जनामा घटाउने र केन्द्रीय कमिटी २५१ बनाउने एमालेको तयारी छ ।

प्रतिक्रिया